IME Life
Beema Board

अल्पकालिन वियरिस ट्रेण्डको प्रभाव बीमा कम्पनीको शेयरमा, आइएमई र ज्योति लाइफ बाहेक सबैको घट्यो

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । अल्पकालिन बियरिस ट्रेण्डको प्रभाव बीमा कम्पनीको शेयरमा परेको छ । यस साता नेप्से सूचक ५१ अंकले घट्यो । सूचक सँगै अधिकाम्स बीमा कम्पनीको शेयर मूल्यमा भारि गिरावट देखिएको हो । यस साता ज्योति लाइफ र आइएमई जनरल इन्स्योरेन्स कम्पनीको शेयर बाहेक सम्पुर्ण कम्पनीको मूल्यमा भारि गिरावट देखिएको हो ।

अघिल्लो साता नेप्सेमा सूचिकृत ज्योति लाइफको शेयर मूल्य यस साता हरेक दिन सर्किट लाग्यो । हरेक दिन सर्किट लाग्ने क्रममा ज्योति लाइफको शेयर मूल्य ३४३ रुपैयाँले बढेको छ । बिहीबार ज्योति लाइफको शेयर मूल्य ९०८ रुपैयाँ कायम भएको छ । यस साता आइएमई जनरल इन्स्योरेन्सको शेयर मूल्य २ रुपैयाँले मात्रै सुधार भएको छ ।

Prabhu
Crest

यस साता राष्ट्रिय बीमा कम्पनीको शेयर ६५० रुपैयाँले बढेको छ । बीमा समितिले अघिल्लो साता बीमा कम्पनीहरुको हकप्रद शेयर निष्काशन प्रकृयाँलाई कडाइ गर्दा बीमा कम्पनीको शेयर डिप्रेस भैरहेको छ । बजारले अधिकतम बिन्दु कायम गर्दा पनि बीमा कम्पनीको शेयर मूल्य भने सुधार हुन सकेन । यस अवधिमा हाइड्रोपावर तथा अन्य क्षेत्रका कम्पनीको शेयर मूल्यमा सुधार देखियो ।

यस साता अलप्कालिन वियरिस ट्रेडको प्रभावमा बीमा कम्पनीको शेयर परेको विश्लेषकहरु बताउछन् । बीमा कम्पनीहरुले जोखिममा आधारित पूँजी कायम गर्नु पर्ने भन्दै बजारमा सम्पुर्ण बीमा कम्पनीहरुले हकप्रद शेयर निष्काशन गर्ने हल्ला चल्यो । यहि हल्लाको पछाडि लागेर लगानीकर्ताले केहि समय अगाडिदेखि बीमा कम्पनीको शेयर खरिद गरिरहेका छन् ।

तर बीमा समितले कडाइ गर्ने वित्तीकै लगानीकर्ताले बीमाको शेयर बिक्री गरेर अन्य क्षेत्रको शेयर खरिद गर्न थालेका हुन् । केहि समय अन्य क्षेत्रको शेयर सुधार भए पनि पुनः बीमा क्षेत्रको शेयरमा सुधार देखिने विश्लेषकहरु बताउछन् ।

यस साता सबैभन्दा धेरै एशियन लाइफ, गुराँस लाइफ, लाइफ इन्स्योरेन्स कर्पोरेसन, नेशनल लाइफ, नेपाल लाइफ, एभरेष्ट इन्स्योरेन्स, हिमालयन जनरल, लुम्बिनी जनरल, सानिमा जनरल र युनाइटेड इन्स्योरेन्स कम्पनीको शेयर मूल्य तीन प्रतिशत भन्दा धेरैले गिरावट देखिएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS