IME Life
Beema Board

रिलायबल नेपाल लाइफको नयाँ बोनसदर घोषणा, बीमितले अधिकतम ७० रुपैयाँसम्म बोनस पाउने

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७५/७६ को लागि नयाँ बोनसदर घोषणा गरेको छ । कम्पनीको आर्थिक वर्ष २०७५/२०७६ को आर्थिक लेखाजोखा र दायित्वको मुल्याङकन सम्बन्धी बीमाङकीय प्रतिवेदन बीमा समितिको बैशाख ६ गतेको पत्र मार्फत स्वीकृत भई कम्पनीले संचालनमा ल्याएको मुनाफामा सरिक हुने (बोनस आर्जित गर्ने) गरी जारी गरिएको जीवन बीमा लेखहरुमा उक्त बोनसदर कायम हुने गरी सार्वजनिक गरेको हो ।

रिलायबल सावधिक जीवन बीमा योजना : कम्पनीले न्युनतम प्रतिहजार न्युनतम १३ रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्मको बोनसदर घोषणा गरेको छ । कम्पनीको रलायबल सावधिक जीवन बीमा योजनामा ५ वर्षदेखि ९ वर्ष अवधिसम्मको लागि प्रतिहजार ५० रुपैयाँ निर्धारण गरेको छ । १० देखि १४ वर्ष अवधिको लागि ५५ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको लागि प्रति हजार ६२ रुपैयाँ,२० वर्ष वा सोभन्दा माथि अवधिको लागि प्रति हजार ७० रुपैयाँ बोनसदर कायम भएको छ ।

Prabhu
Crest

कम्पनीको यस बीमालेख १५ देखि १९ वर्ष अवधिको मात्रै ३ सय ३६ वटा बीमालेख बिक्री गरेको छ । यस अवधिमा बीमितले प्रतिहजार ६२ रुपैयाँ बोनस प्राप्त गर्ने छन् ।

रिलायबल लघु सावधिक जीवन बीमा योजना : रिलायबल लघु सावधिक जीवन बीमा योजनाको हकमा कम्पनीले सबै बीमा अवधिको लागि ३० रुपैयाँ बोनसदर कामय गरेको छ ।

बीमा सिमित लघु सावधिक जीवन बीमा योजना : बीमा सिमित लघु सावधिक जीवन बीमा योजनाको हकमा कम्पनीले सबै बीमा अवधिको लागि ३० रुपैयाँ बोनसदर कायम गरेको छ ।

रिलायबल सजिलो जीवन बीमा(एकल तथा सिमित अवधि भुक्तानी) रिलायबल सजिलो जीवन बीमा(एकल तथा सिमित अवधि भुक्तानी) योजनाको हकमा कम्पनीको सबै बीमा अवधिहरुको लागि १३ रुपैयाँ बोनसदर कायम गरेको छ

रिलायबल सुलभ जीवन बीमालेख : रिलायबल सुलभ जीवन बीमा योजनाको हकमा पाँचदेखि ९ वर्ष अवधिसम्मको लागि प्रति हजार २० रुपैयाँ बोनस कायम भएको छ । त्यस्तै, १० वर्षदेखि १४ वर्षसम्म अवधिको लागि प्रति हजार २५ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको लागि प्रति हजार ३२ रुपैयाँ, २० वर्ष वा सोभन्दा माथि अवधिको लागि प्रति हजार ३७ रुपैयाँ ५ पैसा कायम भएको छ । कम्पनीको यस बीमालेख १५ देखि १९ वर्ष अवधिको १२ हजार २ सय ८४ बीमालेख बिक्री गरेको छ । यस अवधिमा बीमितले प्रतिहजार ३२ रुपैयाँ बोनस प्राप्त गर्ने छन् ।

रिलायबल उच्च शिक्षा योजना(बाल बच्चाको सावाधिक बीमालेख) : रिलायबल उच्च शिक्षा योजना(बाल बच्चाको सावाधिक बीमालेख) को हकमा पाँच देखि १४ वर्ष अवधिसम्मको लागि प्रति हजार ६० रुपैयाँ बोनस कायम भएको छ । त्यस्तै, १५ देखि १९ वर्ष अवधिको लागि प्रति हजार ६२ रुपैयाँ, २० वर्ष वा सो भन्दा माथि अवधिको लागि प्रति हजार ६५ रुपैयाँ बोनसदर कायम भएको छ । कम्पनीको यस बीमालेख १५ देखि १९ वर्ष अवधिको ५ सय १२ वटा बीमालेख बिक्री गरेको छ । यस अवधिमा बीमितले प्रतिहजार ६२ रुपैयाँ बोनस प्राप्त गर्ने छन् ।

सावाधिक तथा आजीवन बीमा योजना : सावाधिक तथा आजीवन बीमा योजनाको हकमा सबै बीमा अवधिहरुमा ३० रुपैयाँ बोनसदर कायम भएको छ ।

रिलायबल अग्रिम भुक्तानी सावाधिक बीमा योजना : रिलायबल अग्रिम भुक्तानी सावाधिक बीमा योजना योजनाको हकमा १०,१२ र १४ वर्षसम्म अवधिको लागि प्रति हजार ५० रुपैयाँ, १६,१८ र २० वर्ष अवधिको लागि प्रति हजार ५५ रुपैयाँ बोनसदर कायम भएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS