SKIP THIS

GBIME
IME Life
Beema Board

एकाघर परिवारका सबै बालबालिकाको बीमा गर्नु पर्ने, मृत्यु दाबी भुक्तानी बीमा अवधि सकिए पछि मात्रै

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । बीमा समितिले बाल बीमा पोलिसीलाई परिमार्जन गर्ने भएको छ । समितिले बाल बीमा पोलिसीमा फ्रड हुन थाले पछि एक वर्ष अगाडि नयाँ  पोलिसीलाई बन्द गरेको थियो ।  जीवन बीमक संघ र बीमा समितिको छलफल पछि एकाघर परिवार भित्रका सबै छोराछोरीको बीमा गर्नु पर्ने सहमति भएको छ ।

यदि दुई वटा छोराछोरी छन् भने दुबैको बीमा गर्नु पर्छ । कुनै एउटा बच्चाको १० लाख रुपैयाँको बीमा गर्ने योजना छ भने दुबैको ५/५ लाख रुपैयाँको बीमा गर्नु पर्ने बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए ।

Prabhu
Crest

बालबीमा पोलिसीलाई परिमार्जन गर्दै सबै बच्चाको बराबर बीमा गर्नै पर्ने व्यवस्था गरिएको छ । बाल बीमा पोलिसीमा अभिभावकको जोखिम बहन गर्ने मापदण्डलाई भने यथावत राखिएको छ । यदि अभिभावकको जोखिम बहन नगर्ने अवस्था छ भने ५० लाख रुपैयाँसम्मको पोलिसी बिक्री गर्दा अभिभावकको बीमा नभए पनि हुने व्यवस्था गर्न लागिएको छ । तर ५० लाख रुपैयाँ भन्दा माथिको बीमा पोलिसी छ भने अभिभावकको अनिवार्य बीमा हुनै पर्ने व्यवस्था गरिएको छ । अवदेखि अभिभावक नभएका बालबालिकाको बीमा गर्नु पर्यो भने ५० लाख भन्दा माथिको बीमा गर्न पाइदैन ।

बच्चाको मृत्यु हुँदा तत्काल अभिभावकले पैसा पाउने व्यवस्था रहदै आएको छ । अवदेखि बच्चाको मृत्यु भयो भने अभिभावकले २५ प्रतिशत मात्रै दाबी पाउने व्यवस्था गर्न लागिएको छ । बाँकी ७५ प्रतिशत रकम उक्त पोलिसी परिपक्व भए पछि मात्रै भुक्तानी हुने व्यवस्था गर्न लागिएको हो । बीमा समितिले अहिलेसम्म सर्कुलर जारी गरेको छैन । तर जीवन बीमक संघ र बीमा समिति विचमा भने प्रारम्भिक सहिमति भैसकेको छ ।

बालबालिका बीमा पोलिसीमा धेरै नै विकृति देखिन थाले पछि बीमा समितिले यो पोलिसीलाई नै बन्द गरेको थियो । नेपालको सन्दर्भमा बालबालिका बीमा पोलिसी धेरै नै बिक्ने भएकाले कम्पनीहरुको आग्रहमा बीमा समितिले पुनः स्वीकृति दिने गृहकार्य गरिरहेको छ । सर्कुलर आउने वित्तीकै बीमा कम्पनीहरुले बालबालिकाका लागि जारी गर्ने नयाँ पोलिसीको स्वीकृति पाउने छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS