IME Life
Beema Board

कालिका लघुवित्तको नाफामा उल्लेख्य बृद्धि, प्रतिशेयर आम्दानी कति ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०७७/७८ को तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार अधिकांश सूचक सकरात्मक देखिएको छ ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा संस्थाले ६ करोड ९७ हजार रुपैयाँ खुद मुनाफा हासिल गरेको छ। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा संस्थाको नाफा १ हजार ३ सय ६४ प्रतिशतले बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा संस्थाले ४१ लाख ५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

Prabhu
Crest

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा संस्थाले २० करोड ९१ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा संस्थाको नाफा ८९ दशमलव १९ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा संस्थाले ११ करोड ५ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

त्यस्तै, यस अवधिसम्ममा लघुवित्तले ८ करोड ८१ लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ। अघिल्लो बर्ष यहि अवधिमा संस्थाको सञ्चालन मुनाफा ६३ लाख ६३ लाख ऋणात्मक थियो ।

तेस्रो त्रैमासको अन्त्यसम्ममा लघुवित्तले १ अर्ब ४१ करोड ६७ लाख रुपैयाँ सापटी र १ अर्ब २० करोड ३५ लाख रुपैयाँ निक्षेपबाट २ अर्ब ९९ करोड ४६ लाख रुपैयाँ कर्जा लगानी गरेको छ।

संस्थाको प्रतिशेयर आम्दानी १० रुपैया ०२ पैसा रहेकोमा अहिले ३१ रुपैयाँ ७५ पैसा पुगेको छ । संस्थाको मूल्य आम्दानी अनुपात ४३.४९ गुणा रहको छ । प्रतिशेयर नेटवर्थ १७० रुपैयाँ ४५ पैसा रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS