IME Life

नेपाल एसबिआई बैंकले शुरु गर्यो कर्पोरेट पे सेवा

SPIL
NIC ASIA

काठमाडौं । नेपाल एसबिआई बैंकले आफ्ना संस्थागत ग्राहकका निम्ति बैंक खाताबाटै डिजिटल भुक्तानी गर्न सकिने गरी ‘कर्पोरेट पे’ प्रणाली शुरुगर्न नेपाल क्लियरिङ हाउससँग सम्झौता गरेको छ ।

सम्झौतापत्रमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत मोहम्मद रिजवान आलम तथा नेपाल क्लियरिङ हाउसका प्रमुख कार्यकारी अधिकृत नीलेशमानसिंह प्रधानले हस्ताक्षर गरे ।

Prabhu
Crest

उक्त डिजिटल प्ल्याटफर्ममार्फत ग्राहकले बैंकमा नगई फन्ड ट्रान्सफर, तलब भुक्तानी, भेन्डर पेमेन्ट, सरकारी राजस्व भुक्तानीलगायत अन्य विभिन्न व्यावसायिक भुक्तानी खाताबाटै गर्न सक्नेछन् ।

उक्त प्रणालीमार्फत कनेक्ट आईपीएस अथवा एनसीएचएल–आईपीएसमा रियल–टाइम वा नन–रियल–टाइममा भुक्तानी कारोबार गर्न सकिनेछ । बैंकबाट आवश्यक प्रक्रिया पूरा गरी यो सेवा उपयोगमा ल्याउन सकिने प्रावधान छ ।

यस प्रणालीको प्रयोग र विस्तार पश्चात बैंक शाखा नपुगी विभिन्न भुक्तानी अन्लाईन नै गर्न सकिने हुँदा व्यावसायिक ग्राहकहरुलाई अझ बढि सहज हुने बैंकले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS