SKIP THIS

Shiftpixel
Connect IPS
IME Life
Beema Board

प्रभु क्यापिटलको शेयर बजार सम्बन्धी वर्कसप तथा तालिम कार्यक्रम सम्पन्न

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । प्रभु क्यापिटल लिमिटेडले राजधानी कलेजमा एमबिएमा अध्ययनरत विद्यार्थीहरुको लागि शेयर बजार सम्बन्धी १ दिने प्राविधिक विश्लेषण वर्कसप तथा तालिम कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम चैत २१ गते सम्पन्न भएको होे । सो वर्कसप तथा तालिम कार्यक्रममा कलेजका एमबिएमा अध्ययनरत करिब ३० जना विद्यार्थीहरुको सहभागीता रहेको थियो ।

संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत शेयर सचेतना अभिवृद्धिका लागि प्रभु क्यापिटलले विभिन्न संस्थाहरुसँगको सहकार्यमा शेयरबजार सँग सम्बन्धित वर्कसप तथा तालिम कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । सो वर्कसप तथा तालिम कार्यक्रमको सञ्चालन प्रभु क्यापिटलका रिसर्च हेड अविरल नेपालले सञ्चालन गरेका हुन् ।

Prabhu
Crest

त्यसैगरी चैत २१ गते शनिबार नै इटहरी जेसिजको आयोजना तथा प्रभु क्यापिटल लिमिटेडको सह आयोजनामा इटहरीमा १ दिने शेयर बजार सम्बन्धी आधारभुत तालिम कार्यक्रम सम्पन्न गरेको छ । इटहरी स्थित दुर्गा पार्टि प्यालेसको तालिम हलमा सञ्चालित तालिम कार्यक्रममा १५० भन्दा धेरै सहभागीहरुको सहभागिता रहेको थियो ।

शेयर बजार सम्बन्धी आधारभुत कुराहरु, प्राथमिक तथा दोश्रो बजार, शेयर बजारमा दिर्घकालिन लगानी गर्दा हुने प्रतिफलको फाइदा, आधारभूत विश्लेषण तथा प्राविधिक विश्लेषण सम्बन्धी विषयहरु समेटेर तालिम कार्यक्रम सञ्चालन गरिएको थियो ।

तालिम कार्यक्रम प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख सञ्चालन अधिकृत कृष्ण गिरी, प्रशिक्षक सन्तोष राज बजगाईं तथा अशोस सिटौलाले प्रदान गरेका हुन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS