IME Life
Beema Board

सुनको आयात दैनिक २० किलोसम्म गर्न राष्ट्र बैंकले दियो अनुमति

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेपाल राष्ट्र बैंकले आयात गर्न सकिने सुनको परिणाम २० किलोग्राम कायम गरेको छ । राष्ट्र बैंकले विदेशी विनिमय व्यवस्थापन विभागबाट जारी भएको एकीकृत परिपत्र २०७६ को सुन आयात तथा विक्री वितरण सम्बन्धी कार्यविधि २०६८ लाई संसोधन गर्ने आयात परिणाम दोब्बरले बढाएको छ । एक वर्ष अगाडि राष्ट्र बैंकले आयात परिणाम घटाएर दैनिक १० किलोग्राममा झारेको थियो ।

कोभिड माहामारीको समयमा अनुत्पादनमुलक वस्तुको आयातलाई घटाउन सुनको आयातलाई निरुत्साहित गरेको थियो । यसै अवधिमा सुनको भाउले ऐतिहासिक नयाँ रेकर्ड बनाउदा खासै खरिद बिक्री हुन सकेको थिएन । तर पछिल्लो समय सुनको माग अनुसार आपुर्ती नभएको भन्दै सुनचाँदी व्यवसायीहरुले परिणाम बढाउन दवाव शिर्जना गर्दै आएका थिए ।

Prabhu
Crest

राष्ट्र बैंकले सुनको आयात घटाउदा बजारमा सुनको अभाव देखिएको र चोरबाटोबाट ल्याउदै आएका छन् । बैंशाख जेठ असार विवाहको सिजन हो । विवाहको समयमा धेरै मात्रामा सुनको माग हुने भएकाले केहि समयदेखि व्यापारीहरुले लविङ गर्दै आइरहेका छन् । विश्व बजारमा आकासिको सुनको भाउ लगातार घटिहेकाले पनि सर्वसाधारणले सुनको गरगहना बनाउन माग गरिरहेका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS