IME Life
Beema Board

नेप्से ४३ अंकले बढ्दा ६ अर्ब माथिको कारोबार

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । साताको चौथौ दिन नेप्से परिसूचक ४३ दशमलव ३६ अंकले बढेर २६१९ दशमलव ०२ अंकको विन्दुमा कायम भएको छ । आज ट्रेडिङ बाहेक अन्य सबै क्षेत्रको उपसूचकमा हरियाली छाएको छ।

आज नेप्सेको ट्रेड म्यानेजमेन्ट सिस्टम (टिएमएस)मा देखिएको समस्या देखिएको कारण केहि समय कारोबार अवरुद्ध भएसँगै नेप्स एक घण्टाको समयावधि बढाएको हो ।आज दिनभरिमा २ सय ९ वटा कम्पनीको १ करोड १२ लाख ८१ हजार ६ सय २५ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब १६ करोड रुपैयाँको शेयर करोबार भएको छ।

Prabhu
Crest

आज सबैभन्दा धेरै एचआईडिसिएलको शेयर करोबार भएको छ । आज एचआईडिसिएलको ३६ करोड ३७ हजार रुपैयाँको शेयर करोबार भएको छ । अपर तामाकोशीको ३१ करोड ९७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

त्यस्तै, आज महिला लघुवित्तका लगानीकर्ताले ९ दशमलव ९७ प्रतिशत र अजोड इन्स्योरेन्सका लगाीकर्ताले ९ दशमलव ९६ प्रतिशतका दरले कमाएका छन् ।

रैराङ हाईड्रोपावरका लगानीकर्ताले ३ दशमलव २९ प्रतिशतका दरले गुमाएक छन् भने बोर्टलर्स नेपाल (तराई)का लगानीकर्ताले ३ दशमलव १९ प्रतिशतका दरले गुमाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS