IME Life
Beema Board

स्वतन्त्र सञ्चालक नियुक्त नगर्ने ५ बीमा कम्पनीलाई बीमा समितिको पत्र, यथासिघ्र नियुक्त गर्नु

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । बीमा समितिले स्वतन्त्र सञ्चालक नियुक्त नगर्ने ५ बीमा कम्पनीलाई यथासिघ्र नियुक्त गर्न निर्देशन दिएको छ । समितिले गत फागुन १९ गते स्वतन्त्र सञ्चालक नियुक्त नगर्ने ५ कम्पनीलाई १५ दिन भित्र नियुक्त गर्न निर्देशन दिएको थियो । तर समितिले दिएको एक महिनाको म्याद बितिसक्दा पनि कम्पनीहरुले स्वतन्त्र सञ्चालक नियुक्त गर्न सकेका छैनन् ।

समितिले युनियन लाइफ इन्स्योरेन्स कम्पनी, गुराँस लाइफ इन्स्योरेन्स कम्पनी, सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी र जनरल इन्स्योरेन्स कम्पनीलाई पत्र काटेको थियो । समितिले दिएको १५ दिनको म्याद गुज्रिदा पनि कम्पनीहरुले स्वतन्त्र सञ्चालक नियुक्त गर्न नसकेका हुन् ।

Prabhu
Crest

५ वटै कम्पनीले बीमा समितिलाई सम्पर्क गरेर यथासिघ्र नियुक्त गर्छौ भनेर जवाफ फर्काए पनि उनिहरुले अहिलेसम्म नियुक्त गर्न सकेका छैनन् । कतिपय कम्पनीले सकेसम्म स्वतन्त्र सञ्चालक नियुक्त गर्न चाहदैनन् । अधिकांसले ऐनको पालना गर्नका लागि आफ्ना मान्छेलाई मात्रै नियुक्त गर्छन् । बीमा ऐनमा स्वतन्त्र सञ्चालकको योग्यता तोकिएको छैन । कस्तो व्यक्तिलाई स्वतन्त्र सञ्चालक नियुक्त गर्ने स्पष्ट मापदण्ड नभएकाले पनि कम्पनीहरु अलमलमा छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS