IME Life
Beema Board

रु रु जलविद्युतको आइपिओ चैत २० गतेदेखि

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । रु रु जलविद्युत परियोजनाको २० रुपैयाँ प्रिमियम सहितको ४ लाख ७ हजार ७०६ कित्ता प्राथमिक शेयरको सार्वजनिक निष्काशन चैत २० गतेदेखि हुने भएको छ । कम्पनीले २० रुपैयाँ प्रिमियम सहित प्रति कित्ता १२० रुपैयाको दरले ४ लाख ७ हजार कित्ता मध्ये २ प्रतिशत अर्थात ८ हजार १५४ कित्ता कर्मचारी र ५ प्रतिशत अर्थात २० हजार ३८५ कित्ता प्राथमिक शेयर सामुहिक लगानी कोषलाई सुरक्षित गरेको छ । कर्मचारी र सामुहिक लगानीकोषलाई सुरक्षित गरेर बाँकी रहेको तीन लाख ७९ हजार १८७ कित्ता सर्वसाधारणका लागि जारी गर्ने भएको हो ।

कम्पनीले पहिलो चरणमा चैत २४ गतेसम्म जारी गर्ने छ । यहि पहिलो चरणमा बिक्री नभएमा ढिलोमा बैशाख ३ गतेसम्म बिक्री खुला गर्न सक्ने छ । सर्वसाधारणले न्युनतम १० कित्तादेखि अधिकतम सम्पुर्ण कित्ताका लागि आवेदन दिन सक्ने छन् ।

Prabhu
Crest

कम्पनीले यस अगाडि प्रभावित क्षेत्रका लागि पनि ४ लाख ७ हजार ७०६ कित्ता प्राथमिक शेयर बिक्री गरेको थियो । सर्वसाधारणका लागि शेयर जारी गरे पछि कम्पनीको चुक्ता पुँजी ४० करोड ७७ लाख रुपैयाँ पुग्ने छ । जसमा संस्थापक तर्फ ८० प्रतिशत, प्रभावितको १० प्रतिशत र सर्वसाधारण तर्फ १० प्रतिशत पूँजी कायम हुनेछ ।

परियोजनाले गुल्मी जिल्लाको चन्द्रकोटमा ५ मेगावाट क्षमताको माथिल्लो हुम्दी खोला जलविद्युत आयोजना निर्माण गरेको छ । आयोजनाको निर्माण कार्य सम्पन्न भएर सञ्चालनमा रहेको छ । आयोजनाको कुल लागत ७४ करोड ४५ लाख रुपैयाँ रहेको छ । प्रतिमेगावाट लागत भने १४ करोड ८९ लाख रुपैयाँ पर्न जान्छ । आयोजनाको लगानी फिर्ता हुने अवधि ५.२४ वर्ष रहेको छ ।

हाल कम्पनीको प्रतिशेयर आम्दानी १७ रुपैयाँ रहेको छ । प्राथमिक शेयर निष्काशन तथा बिक्री प्रवन्धकमा एनएमबी क्यापिटल रहेको छ । सर्वसाधारणले आस्वा सुविधा प्रदान गर्ने सम्पुर्ण बैंक तथा वित्तीय संस्थाबाट प्राथमिक शेयरमा आवेदन दिन सक्ने छन् । मेरो शेयरको अनलाइन सुविधा लिनेहरुले घरमै बसेर अनलाइनबाट आवेदन दिन सक्ने छन् ।

इक्रा नेपालले गरेको क्रेडिट रेटिङ अनुसार कम्पनीले समयमा वित्तीय दायित्व पुरा गरेका खाण्डमा मध्यम किसिमको सुरक्षा रहेको संकेत गर्ने ‘इक्राएनपि आइआर ट्रिपल बि’ प्राप्त गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS