IME Life

चन्द्रागिरी हिल्सको ३० दिनमा ६३ हजार कित्ताको कारोबार, कसले उठाउदै छ चन्द्रागिरी हिल्सको शेयर ?  

SPIL
NIC ASIA

काठमाडौं । दोस्रो बजारमा सूचिकृत भएको दुई सातासम्म बढ्न नसकेको चन्द्रागिरी हिल्सको शेयर मूल्य अहिलेसम्मको ३० कारोबार दिनमा भने १३९९ रुपैयाँले बृद्धि भएको छ । यस अवधिमा कम्पनीको ६३ हजार ५६४ कित्ता शेयर खरिद बिक्री भएको छ ।

नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि न्युनतम ९६.६९ रुपैयाँदेखि अधिकतम २९०.०७ रुपैयाँको रेन्ज तोके पनि पहिलो कारोबार भने १६४ रुपैयाँमा भयो । सुरुमै तल्लो विन्दुमा म्याचिङ भए पछि सुरुवाति २० दिनमा खासै कारोबार हुन सकेन । पछिल्लो १० दिनमा भने कम्पनीको मूल्य सँगै कारोबार रकम पनि बढिरहेको छ ।

Prabhu
Crest

प्राथमिक शेयरधनीले थोरै मूल्यमा शेयर बिक्री गर्न नसक्दा सुरुवाति दिनमा खासै बढ्न सकेन । तर दोस्रो बजारमा ३०० रुपैयाँ नाघेपछि भने लगातार सर्किट लागिरहेको छ । दिन दिनै सर्किट लागिरहेको कम्पनीको शेयरमा लगानीकर्ताको सर्वाधिक आकर्षण देखिने गरेको छ । लगानीकर्ताको अत्याधिक माग भए पनि अहिलेसम्म दोस्रो बजारमा

कम्पनीले पुस २४ गतेदेखि २८ गतेसम्म सर्वसाधारणका लागि १५ लाख ३४ हजार ९१ कित्ता शेयर जारी गरेको थियो । कम्पनीको प्राथमिक शेयर जम्मा एक लाख ५९ हजारले १० कित्ताका दरले शेयर प्राप्त गरेका थिए ।

हिजो आइतबार ब्रोकर नम्बर ५० ले चन्द्रागिरी हिल्सको शेयर सबैभन्दा धेरै उठाएको छ । त्यस्तै आज सोमबार सबैभन्दा धेरै ४० नम्बर ब्रोकरले खरिद गरेको देखिन्छ । गएको बिहीबार सबैभन्दा धेरै ब्रोकर नम्बर तीनले, बुधबार १४ र ३३ ले, सोमबार र मंगलबार १० नम्बरले, आइतबार ३३ नम्बर ब्रोकरले सबैभन्दा धेरै शेयर खरिद गरेको देखिन्छ । अहिलेसम्मको अवस्थामा प्राथमिक शेयरधनीले मात्रै शेयर बिक्री गरिरहेका छन् ।

आज सोमबार भने केहि ब्रोकर मार्फत १००० कित्तासम्मको शेयर बिक्रि भएको छ । ब्रोकरहरुका अनुसार चन्द्रागिरी हिल्सको शेयरमा बल्ल ब्लकमा कारोबार सुरु हुन थालेको छ । कम्पनीको शेयर मूल्यमा अधिकत सुधार हुन थाले सँगै केहि म्युचुअल फण्डले शेयर बिक्री गर्न थालेको ब्रोकरहरु बताउछन् ।

चन्द्रागिरी हिल्सको संस्थापक शेयर ८८ प्रतिशत रहेको छ भने सर्वसाधारण समुह तर्फ जम्मा १२ प्रतिशत मात्रै छ । सर्वसाधारण समुहको १८ करोड रुपैयाँ मात्रै दोस्रो बजारमा कारोबार गर्न योग्य हुने भएकाले तुलनात्मक रुपमा सप्लाइ कम हुन्छ । सप्लाइ कम हुँदा दोस्रो बजारमा मूल्य बढाउन सकिने भन्दै कतिपय ठुला लगानीकर्ताले शेयर खरिद गरिरहेका छन् । सुरुदेखि नै शेयर कर्नरिङ गर्नेले सस्तो मूल्यमा शेयर प्राप्त गर्न सक्ने र बढाउन सजिल्लो हुने विश्लेषकहरु बताउछन् । कम्पनीको शेयरमा सजिलै कर्नरिङ गर्न सकिने भन्दै ठुला लगानीकर्ताहरु चन्द्रागिरी हिल्सको शेयरमा आकर्षित भएका हुन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS