IME Life
Beema Board

हाइड्रो र होटल बाहेक सम्पुर्ण सूचकमा गिरावट

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । सोमबार हाइड्रोपावर र होटल तथा टुरिजमको सूचक बाहेक सम्पुर्ण सूचक तथा उपसूचकमा गिरावट भएको छ । नेप्से सूचक २४ दशमलब ०८ अंकले घट्दा ३३ वटा कम्पनीको शेयर मूल्यमा सुधार भएको छ भने १३८ वटा कम्पनीको मूल्य घटेको छ ।

आइतबार लघुवित्तको शेयरमा उछाल आएकोमा सोमबार ९२ अंकले घटेको छ । लघुवित्तले हकप्रद शेयर निष्काशन गर्न पाउने हल्ला चले पछि समग्र लघुवित्तकै शेयरमा उछाल आएको थियो । तर नेपाल राष्ट्र बैंकले अहिलेसम्म लघुवित्तले हकप्रद शेयर निष्काशन गर्न नपाउने व्यवस्था यथावत रहेको जनाए पछि सोमबार अधिकाम्स लघुवित्तको शेयरमा गिरावट आएको छ ।

Prabhu
Crest

नेप्से सूचक सून्य दशमलब ९५ प्रतिशतले घटेर २५१४.३९ अंकमा झरेको छ । नेप्से सूचकमा गिरावट आउदा पनि कारोबार रकम ५ अर्ब ३५ करोड रुपैयाँको कारोबार भएको छ । बजार सुरु भएदेखिनै ओरालो झर्न थालेको शेयर बजार पौने दुई बजेसम्ममा २५०९ अंकसम्म तल झर्यो ।

सोमबार अपर तामाकोशीको शेयर सर्वाधिक धेरै बढ्ने क्रममा सर्किट लागेको छ । अपर तामाकोशीको शेयर मूल्य ६६ रुपैयाँले बढेर ७२६ रुपैयाँ कायम भएको छ । त्यस्तै चन्द्रागिरी हिल्सको बढ्दो क्रममा सर्किट लाग्ने क्रम रोकिएको छैन । सोमबार पनि सर्किट लाग्ने क्रममा १४२ अंकले बढेर प्रतिशेयर १५६३ रुपैयाँमा कारोबार भयो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS