IME Life
Beema Board

प्रभु क्यापिटलले मन्डिखाटारमा दियो एक दिने शेयर बजार सम्बन्धी आधारभूत तालिम

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । प्रभु क्यापिटलले २०७७ चैत्र ६ गते काठमाण्डौ मण्डिखाटार स्थित इन्स्टिच्युट फर इन्टिग्रेटेड डेभलपमेन्ट स्टडिज (आइआइडिएस) संस्थाको सहकार्यमा संस्थाको कार्यालय मण्डिखाटारमा शेयर बजार सम्बन्धी १ दिने आधारभूत तालिम कार्यक्रम सञ्चालन गरेको छ । उक्त कार्यक्रममा करिब संस्थामा आबद्ध २० जना कर्मचारीहरुको सहभागीता रहेको थियो ।

यसैगरी क्यापिटलले काठमाण्डौंको कालिकास्थानमा रहेको प्लाटिनम कलेजका विविए संकाय अन्तर्गत विद्यार्थीहरुको लागि शेयर बजार सम्बन्धी ३ दिने आधारभूत तालिम कार्यक्रम शुरुवात गरेको छ । २०७७ चैत्र ८ गतेबाट चैत्र १० गते सम्म ३ दिन चल्ने सो तालिमको पहिलो दिन आज नेपालको पूँजी बजार सम्बन्धी आधारभूत तालिम तथा प्राथमिक एवं दोश्रो बजारमा लगानी गर्नका लागि जान्नु पर्ने विषयका बारेमा तालिम दिइएको थियो ।

Prabhu
Crest

यसै गरी चैत्र ९ गते लगानी रणनीति तथा जोखिम व्यवस्थापनको बारेमा तथा चैत्र १० गते आधारभूत तथा प्राविधिक विश्लेषणको बारेमा तालिम सञ्चालन गरिने कार्यतालिका रहेको छ । सो तालिम कार्यक्रममा सो कलेजमा विविए संकायमा अध्ययनरत करिब ६० जना विद्यार्थीहरुको सहभागीता रहेको छ ।

प्रभु क्यापिटलको संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत शेयर सचेतना अभिवृद्धिका लागि प्रभु क्यापिटलले विभिन्न संस्थाहरुसँगको सहकार्यमा यस्तो तालिम कार्यक्रम सञ्चालन गर्दै आएको छ । आइआइडिएसमा सञ्चालन गरिएको तालिम कार्यक्रमको सञ्चालन प्रभु क्यापिटलका प्रमुख सञ्चालन अधिकृत कृष्ण गिरीले गरेका थिए । यसै गरी प्लाटिनम कजेलको तालिम कार्यक्रममा पहिलो दिन प्रभु क्यापिटलका प्रमुख सञ्चालन अधिकृत कृष्ण गिरीले, चैत्र ९ गते प्रमुख लगानी अधिकृत दुर्गानन्द झा र चैत्र १० गतेको तालिम रिसर्च हेड अविरल नेपालले सञ्चालन गर्ने कार्यतालिका रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS