IME Life
Beema Board

जीवन बीमा कम्पनीले ६ महिनामै जारी गरे ३० लाख बीमालेख, म्यादी जीवन बीमालेखको हिस्सा ७० प्रतिशत

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको ६ महिनामा ३० लाख ४५ हजार बीमालेख जारी गरेका छन् । कम्पनीहरुले जारी गरेको कुल बीमालेख मध्ये सामान्य म्यादी जीवन बीमा र विशेष म्यादी जीवन बीमा लेखको हिस्सा ७० प्रतिशत रहेको छ ।

बीमा समितिले दिएको तथ्याङ्क अनुसार बीमा कम्पनीहरुले १० लाख ३१ हजार वटा सामान्य म्यादी जीवन बीमा पोलिसी बिक्री गरेका छन् भने १० लाख ९४ हजार वटा विशेष म्यादी जीवन बीमा पोलिसी बिक्री गरेका छन् ।

Prabhu
Crest

त्यस्तै केहि कम्पनीले ४ लाख ७५ हजार वटा न्युनतम मूल्यको लघु जीवन बीमा पोलिसी बिक्री गरेका छन् । म्यादी र लघु बीमालेखलाई घटाएर हेर्ने हो भने कम्पनीहरुले ४ लाख ३३ हजार वटा सावधिक जीवन बीमा लेख बिक्री गरेका छन् ।

चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा जीवन बीमा कम्पनीहरुले २ लाख ३६ हजार ९८८ वटा सावधिक जीवन बीमा पोलिसी बिक्री गरेका छन् । सावधिक जीवन बीमालेख जारी गरेर कम्पनीहरुले ३० अर्ब २७ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । यस्ता पोलिसीमा ६ महिनाको अवधिमा ७ अर्ब १७ करोड रुपैयाँको दाबी भुक्तानी भएको छ ।

अग्रिम भुक्तानी सावधिक जीवन बीमालेख

चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा जीवन बीमा कम्पनीहरुले ५४ हजार ४५४ वटा अग्रिम भुक्तानी सावधिक जीवन बीमालेख गारि गरेका छन् । यस्ता पोलिसी बिक्री गरेर बीमा कम्पनीहरुले प्रथम र नविकरण सहित १४ अर्ब ६९ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । अग्रिम भुक्तानी हुने यस्ता बीमालेखमा तीन अर्ब ८८ करोड रुपैयाँको दाबी भुक्तानी भएको छ । यस्ता पोलिसीको अग्रिम रुपमा दाबी भुक्तानी हुने भएकाले बोनसदर एकदमै कम हुने गरेको छ ।

रुपान्तरित सावधिक जीवन बीमालेख

कम्पनीहरुले समय सापेक्ष रुपमा रुपान्तरित गरेर जारी गर्ने सावधिक जीवन बीमा पोलिसीको संख्या भने ३५ हजार १७ वटा बिक्री भएका छन् । भर्खर भर्खर जारी भएका यस्ता पोलिसीमा जम्मा ४ लाख २९ हजार रुपैयाँको दाबी परेको छ । रुपान्तरित सावधिक जीवन बीमालेख मार्फत बीमा कम्पनीहरुले ७ अर्ब ९६ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । पोलिसी संख्या कम हुँदा पनि बीमा शुल्क भने धेरै देखिन्छ । यस्ता पोलिसीको प्रथम बीमा शुल्क आर्जन एक अर्ब ५८ करोड रुपैयाँ रहेको छ भने नविकरण बीमा शुल्क आर्जन भने ६ अर्ब ४२ करोड रुपैयाँ आर्जन गरेका छन् ।

आजीवन जीवन बीमालेख

जीवन बीमा कम्पनीहरुले ६ महिनाको अवधिमा १६ हजार ५५० वटा पोलिसी जारी गरेका छन् । कम्पनीहरुले आजीवन जीवन बीमालेख संख्या बिक्री गरेर तीन अर्ब ५४ करोड रुपैयाँ बीमा शुल्क आर्जन गर्न सफल भएका छन् । यस्तो बीमालेख जारी गरेर कम्पनीहरुले एक अर्ब २६ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका हुन् ।

लघु जीवन बीमालेख

केहि कम्पनीहरुले माइक्रोफाइनान्स मार्फत बीमाङ्क रकम १० हजार रुपैयाँदेखि १० लाख रुपैयाँ सम्मको यस्ता पोलिसी बिक्री गरेका छन्। संख्यात्मक हिसावले यस्ता पोलिसी धेरै देखिए पनि बीमा शुल्क आर्जन भने एकदमै कम छ । केहि कम्पनीहरुले ४ लाख ७५ हजार ३०६ वटा यस्ता बीमालेख जारी गरेको देखिन्छ । तर यस्तो बीमालेख मार्फत ३० करोड ९१ लाख रुपैयाँ मात्रै बीमा शुल्क आर्जन गरेका छन् ।

कम्पनीहरुले जारी गरे विविधि किसिमका पोलिसीहरुलाई एक मुष्ठ रुपमा समितिले गणना गरेको छ । यसरी जारी गरिएका अन्य जीवन बीमा लेखको संख्या एक लाख एक हजार वटा रहेको छ । यस्ता पोलिसी बिक्री गरेर कम्पनीहरुले ५ अर्ब ४१ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । बीमा समितिका अनुसार हालसम्म कायम बीमालेखको संख्या भने ७२ लाख ४३ हजार वटा रहेको छ । चालु आर्थिक वर्षमा बीमा कम्पनीहरुले तुलतात्मक रुपमा अन्य वर्षको भन्दा धेरै बीमा लेख जारी गरेको देखिन्छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS