IME Life
Beema Board

६ महिनाको नाफाबाट जीवन बीमा कम्पनीका कर्मचारीले २८ करोड ६ लाख बोनस पाउने

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । दोस्रो त्रैमाशिक अवधिसम्मको मुनाफाबाट जीवन बीमा कम्पनीहरुले कर्मचारीहरुका लागि २८ करोड ६ लाख रुपैयाँ बोनस व्यवस्था गरेका छन् । बोनस ऐन अनुसार कर्मचारीहरुले कर भुक्तानी गर्न बाँकी मुनाफाबाट बोनस प्राप्त गर्न सक्छन् ।

बीमा कम्पनीहरुले हरेक त्रैमाशिक वित्तीय विवरण तयार पार्दा कर तिर्न बाँकी मुनाफाको १० प्रतिशत कर्मचारीहरुका लागि छुट्टाउनु पर्छ । यहि व्यवस्था अनुसार दोस्रो त्रैमाशिक अवधिसम्मको मुनाफाबाट कम्पनीहरुले कर्मचारीहरुका लागि २८ करोड ६ लाख रुपैयाँ बोनस वितरणका लागि छुट्टाएका हुन् ।

Prabhu
Crest

चालु आर्थिक वर्षको दोस्रो त्रैमाशिक अवधिमा सबैभन्दा धेरै बोनस नेपाल लाइफले कर्मचारीका लागि ५ करोड ४० लाख रुपैयाँ बोनस छुट्टाएको छ । दोस्रो धेरे बोनस नेशनल लाइफले कर्मचारीका लागि छुट्टाएको छ । नेशनल लाइफले कर्मचारिका लागि २ करोड ८९ लाख रुपैयाँ बोनस बापतको व्यवस्था गरेको छ ।

सबैभन्दा कम बोनस राष्ट्र बीमा संस्थाले कर्मचारीहरुका लागि छुट्टाएको छ । राष्ट्रिय बीमा संस्थाले कर्मचारिका लागि २० करोड ७० लाख रुपैयाँ बोनस बापतको व्यवस्था गरेको छ । त्यस्तै लाइफ इन्स्योरेन्स कर्पोरेसनले कर्मचारीका लागि एक करोड ४९ लाख रुपैयाँ बोनस व्यवस्था गरेको छ ।

नयाँ आएका जीवन बीमा कम्पनीहरु मध्ये रिलायबल नेपाल लाइफले कर्मचारीका लागि एक करोड ७७ लाख रुपैयाँ कर्मचारीहरुको वोनस व्यवस्थाको लागि छुट्टाएको छ ।

नाफाबाट बोनस छुट्टाए पछि मात्रै कम्पनीले शेयरधनीहरुका लागि वितरण गर्न पाउछ । कम्पनीलाई सफल बनाउन तथा नाफा कमाउन दिन रात योगदान पुर्याउने कर्मचारीहरुलाई प्रोत्साहन स्वरुप बोनस वितरण गरिन्छ । हरेक कम्पनीले आफ्ना कर्मचारीहरुका लागि दिने सेवा सुविधा फरक फरक हुन्छ । कतिपय बीमा कम्पनीका कर्मचारीहरुको तलब भन्दा बोनस धेरै हुने गरेको पाइन्छ । यसरी मुनाफाबाट आर्जन हुने बोनस रकम प्रायले दशै तिहारको समयमा वितरण गर्छन् । कतिपय कम्पनीहरुले भने आर्थिक वर्ष सकिए पछि केहि प्रतिशत वितरण गर्छ भने कतिपय साधारणसभा पछि वितरण गर्छन् । कम्पनी पिच्छे फरक फरक नियम हुने भएकाले यति नै पाउछन् र यस समयमा पाउछन् भन्न सकिदैन ।

कुन कम्पनीको कति ? 

स्रोत: बीमा समिति (विवरण : रु. लाखमा)

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS