IME Life
Beema Board

बीमा कम्पनीले बीमितको स्वास्थ्य परिक्षणका लागि खर्चिए ५ करोड ५४ लाख, अभिकर्ताको झोलामै डाक्टरको छाप र लेटरप्याड

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । जीवन बीमा कम्पनीहरुले बीमितको स्वास्थ्य परिक्षणका लागि ५ करोड ५४ लाख रुपैयाँ खर्च गरेका छन् । जीवन बीमा गर्नु अगाडी बीमितले स्वास्थ्य परिक्षण गर्नु पर्छ । बीमा कम्पनीहरुले अण्डराइटिङ गर्दा स्वास्थ्य परिक्षण अनिवार्य गर्नु पर्ने व्यवस्था छ ।

यसका लागि बीमा कम्पनीहरुले आफ्नो अण्डराइटिङ गाइडलाइन तयार पार्नु पर्छ । उक्त गाइडलाइनलाई बीमा समितिले स्वीकृति दिए पछि मात्रै कार्यान्वयन गर्न पाइन्छ । त्यसैले गर्दा बीमा कम्पनीहरु पिच्छे नै स्वास्थ्य परिक्षणको मापदण्ड फरक फरक रहेको हुन्छ । थोरै थोरै बीमाङ्क रकमको बीमा पोलिसीमा स्वास्थ्य परिक्षणलाई अनिवार्य गरिएको हुदैन । तर कतिपय बीमा कम्पनीहरुले समान्य स्वास्थ्य परिक्षणलाई पनि अनिवार्य गरेका हुन्छन् ।

Prabhu
Crest

बीमा कम्पनीको मापदण्ड हुँदा हुँदै पनि कतिपय अभिकर्ताले नै बीमितको स्वास्थ्य परिक्षण नगरी बीमा गरिदिने गरेका हुन्छन् । बीमा कम्पनीको स्वास्थ्य परिक्षणमा खर्च भए पनि बास्तविक रुपमा भने परिक्षण हुने गरेको पाइदैनन् । बीमा क्षेत्रमा स्वास्थ्य परिक्षण पनि अर्को एक विकृतिको रुपमा रहेको कम्पनीहरु बताउछन् ।

कतिपय अभिकर्ताको झोलामै डाक्टरको छाप र लेटरप्याड रहेको उनिहरु बताउछन् । यसले पुर्ण रुपमा अण्डरराइटिङ हुने गरेको पाइदैन । बीमा कम्पनीहरुले पनि व्यवसाय आउने बहानामा अण्डराइटिङमा आखा चिम्लिने गरेको विज्ञहरु बताउछन् ।

यसका साथै अभिकर्ता तथा बीमा कम्पनीका कर्मचारीहरुले कुनै एउटा डाक्टरलाई निश्चित शुल्क भुक्तानी गरेर हस्ताक्षर गर्ने गरेको पाइन्छ । तर यसरी स्वास्थ्य परिक्षण गरिएको भए फ्रड हुने बीमा समितिको निर्देशक पुजन ढुङ्गेल अधिकारीले जानकारी दिइन् ।

यदि बीमित, अभिकर्ता तथा कम्पनीले नियोजित रुपमा गलत स्वस्थ्य परिक्षण गरिएको भेटिएमा सबै जनालाई कारबाही हुने भएकाले यसको अभ्यास कम हुने गरको पेशागत अभिकर्ता संघका अध्यक्ष नन्दप्रसाद तिवारी बताउछन् ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमाशिक अवधिमा सबैभन्दा धेरै नेपाल लाइफले स्वास्थ्य परिक्षणका लागि ८२ लाख ५७ हजार रुपैयाँ खर्च गरेको छ । गत वर्षको भन्दा यस वर्ष कम्पनीको स्वास्थ्य परिक्षण शुल्क घटेको छ ।

त्यस्तै यस वर्ष नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको स्वास्थ्य परिक्षण शुल्क २२५ प्रतिशतले बढेको छ । यस वर्ष कम्पनीले ५३ लाख ८४ हजार रुपैयाँ खर्च गरेको छ । गत वर्षको यहि अवधिमा कम्पनीले बीमितको स्वास्थ्य परिक्षणका लागि १६ लाख ५८ हजार रुपैयाँ खर्च गरेको थियो ।

यस वर्ष लाइफ इन्स्योरेन्स कर्पोरेसनले बीमितको स्वास्थ्य परिक्षणका लागि ५३ लाख ८४ हजार रुपैयाँ खर्च भएको छ । नयाँ आएका जीवन बीमा कम्पनीहरु मध्ये सबैभन्दा धेरै युनियन लाइफ इन्स्योरेन्स कम्पनीले ६२ लाख १९ हजार रुपैयाँ खर्च गरेको छ ।

एशियन लाइफले स्वास्थ्य परिक्षणका लागि ३२ लाख ५० हजार रुपैयाँ खर्च गरेको छ । प्राइम लाइफले २४ लाख ८१ हजार रुपैयाँ, सूर्या लाइफले ११ लाख, गुराँस लाइफले १८ लाख १३ हजार रुपैयाँ, रिलायन्स लाइफले ९ लाख ९३ हजार रुपैयाँ,  मेट लाइफले ७ लाख २२ हजार रुपैयाँ, ज्योति लाइफले २८ लाख ४६ हजार रुपैयाँ, महालक्ष्मी लाइफले १२ लाख १९ हजार, रिलायबल लाइफले २३ लाख २६ हजार, सन नेपालले १७ लाख ५१ हजार, सानिमा लाइफले २२ लाख १४ हजार, राष्ट्रिय बीमा संस्थाले २४ लाख ८९ हजार, आइएमई लाइफले १४ लाख ३७ हजार र सिटिजन लाइफले ४६ लाख ७१ हजार रुपैयाँ स्वास्थ्य परिक्षणका लागि खर्च गरेका छन् ।

बीमा कम्पनीहरुले कत्तीको राम्रो पोलिसी ल्याएका छन् भन्ने हेर्नका लागि उनिहरुले बीमितको स्वास्थ्य परिक्षणका लागि कति खर्च गरेका छन् भन्ने कुराले पनि अर्थ राख्ने बीमकहरु बताउछन् । यदि पोलिसी धेरै ल्याएको छ तर उसले स्वास्थ्य परिक्षणका लागि भने खर्च गरेको छैन भने उसले बिक्री गरेको पोलिसीको अण्डर राइटिङ पुर्ण रुपमा नभएको स्पष्ट हुन्छ । कतिपय बीमा कम्पनीहरुलाई पुनर्बीमा कम्पनीले पुर्ण रुपमा स्वास्थ्य परिक्षण गर्न सुझाउने गरेका छन् । पुनर्बीमा कम्पनीले कडाइ गरेका बाहेक अन्य कम्पनीहरुले स्वास्थ्य परिक्षणका लागि खासै ध्यान दिएको पाइदैन । स्वास्थ्य परिक्षण पुर्ण रुपमा नहुँदा कम्पनीहरुमा धेरै दाबी पर्नेदेखि लिएर फ्रडका घटनाहरु मौलाउछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS