IME Life
Beema Board

बैंकमा बीमा कम्पनीहरुको निक्षेप तीन खर्ब २३ अर्ब, सबैभन्दा धेरै व्यक्तिहरुको २४ खर्ब ७६ अर्ब रुपैयाँ  

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । बैंक तथा वित्तीय संस्थामा बीमा कम्पनीहरुको निक्षेप एक वर्षको अवधिमा २६ दशमलब ५१ प्रतिशतले बृद्धि भएको छ । चालु आर्थिक वर्षको ७ महिनाको अवधिमा बीमा कम्पनीहरुले बैंकहरुमा तीन खर्ब २३ अर्ब रुपैयाँ निक्षेपको रुपमा गरेका छन् ।

बैंकहरुको निक्षेपको प्रमुख स्रोत बीमा कम्पनी हुन् । बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप मध्ये बीमा कम्पनीको हिस्सा ७ दशमलब ५ प्रतिशत रहेको छ । बीमा समितिले जारी गरेको लगानी निर्देशिकामा पनि बीमा कम्पनीहरुले बाणिज्य बैंकहरुको मुद्दती निक्षेपमा कुल टेक्निकल रिजर्भको ४० प्रतिशत, विकास बैंकको मुद्दती निक्षेपमा २० प्रतिशतसम्म, फाइनान्समा १० प्रतिशतसम्म लगानी गर्नु पर्छ ।

Prabhu
Crest

जीवन बीमा कम्पनीहरुले आफ्नो लगानीको ८२ प्रतिशत बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानी गरेको पाइन्छ । जीवन बीमा कम्पनीहरुले मात्रै बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा २ खर्ब ७० अर्ब भन्दा माथि लगानी गरेका छन् ।गत वर्षको यहि अवधिमा बीमा कम्पनीहरुले २ खर्ब ५५ अर्ब रुपैंयाँ लगानी गरेका थिए । एक महिनाकै अवधिमा पनि बीमा कम्पनीहरुको निक्षेप ७ अर्ब रुपैयाँले बृद्धि भएको छ ।

बजारमा प्रयाप्त तरलता भएकाले अन्तर बैंक निक्षेप भने ३६ प्रतिशतले घटेको छ । तरलता अभाव हुँदा बैंकहरुले अन्य बैंकहरु सँग कर्जा लिएर लगानी गर्ने गर्छन् । सरकारले स्थानीय निकायलाई बैंक तथा वित्तीय संस्थामा पैसा जम्मा गर्न निर्देशन दिए सँगै बैंक तथा वित्तीय संस्थामा स्थानीय निकायको निक्षेप २२ प्रतिशतले बढेको छ । हाल बैंक तथा वित्तीय संस्थामा स्थानीय निकायको निक्षेप संकलन ६१ अर्ब १९ करोड रुपैयाँ रहेको छ ।

कर्मचारी सञ्चयकोषको निक्षेप संकलनमा भने खासै सुधार हुन सकेको देखिदैन । तर नागरिक लगानीकोष तथा अन्य कोषहरुको निक्षेप संकलन भने धेरैले बढेको पाइन्छ । बैंक तथा वित्तीय संस्थाहरु सँग सबैभन्दा धेरै निक्षेप व्यक्तिहरुको छ । व्यक्तिहरुको मात्रै बैंकहरुमा २४ खर्ब ६७ अर्ब रुपैयाँ जम्मा भएको पाइन्छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS