IME Life
Beema Board

मूल्य बृद्धि २.७० प्रतिशतमै सिमित

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको माघ महिना सम्मको तथ्याङ्क अनुसार वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति २.७० प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ६.८७ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ३.०२ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति २.४४ प्रतिशत रहेको छ । २०७६ माघको तुलनामा २०७७ माघमा फलफूल, घ्यू तथा तेल, दाल तथा गेडागुडी र सुर्तिजन्य वस्तुहरु उपसमुहको मूल्यवृद्धि क्रमशः १८.८४ प्रतिशत, १८.१४ प्रतिशत, १०.४१ प्रतिशत र १०.४१ प्रतिशत रहेको छ ।

समीक्षा महिनामा काठमाडौं उपत्यकामा २.१२ प्रतिशत, तराईमा २.७८ प्रतिशत, पहाडमा ३.३० प्रतिशत र हिमालमा २.०५ प्रतिशत मुद्रास्फीति रहेको छ । २०७६ माघमा यी क्षेत्रहरुमा क्रमशः ७.५८ प्रतिशत, ७.२९ प्रतिशत, ५.४६ प्रतिशत र ५.२८ प्रतिशत मुद्रास्फीति रहेको थियो ।

Prabhu
Crest

२०७७ माघमा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ६.१२ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ७.१३ प्रतिशत रहेको थियो । समीक्षा महिनामा उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको थोक मूल्यवृद्धि क्रमशः ८.४१ प्रतिशत, ५.३३ प्रतिशत र ३.३९ प्रतिशत रहेको छ । समीक्षा महिनामा निर्माण सामग्रीको थोक मूल्यवृद्धि ६.२५ प्रतिशत रहेको छ ।

२०७७ माघमा वार्षिक बिन्दुगत तलब तथा ज्यालादर सूचकाङ्क १.७७ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही महिनामा उक्त सूचकाङ्क ७.५१ प्रतिशतले बढेको थियो । २०७७ माघमा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ६.१२ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ७.१३ प्रतिशत रहेको थियो । समीक्षा महिनामा उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको थोक मूल्यवृद्धि क्रमशः ८.४१ प्रतिशत, ५.३३ प्रतिशत र ३.३९ प्रतिशत रहेको छ । समीक्षा महिनामा निर्माण सामग्रीको थोक मूल्यवृद्धि ६.२५ प्रतिशत रहेको छ ।

२०७७ माघमा वार्षिक बिन्दुगत तलब तथा ज्यालादर सूचकाङ्क १.७७ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही महिनामा उक्त सूचकाङ्क ७.५१ प्रतिशतले बढेको थियो । समीक्षा महिनामा ज्यालादर सूचकाङ्क २.२७ प्रतिशतले बढेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS