काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीले सञ्चालक पदमा विनयरमण पौडेललाई नियुक्त गरेको छ । कम्पनीको संस्थापक शेयरधनी राष्ट्रिय वाणिज्य बैंकको तर्फबाट प्रतिनिधित्व गर्ने संचालक पदमा पौडेललाई पदबहाली गरेको कम्पनीले जनाएको छ ।
कम्पनीको फागुन २८ गते बसेको सञ्चालक समितिको बैठकबाट उनले सञ्चालक पदमा पदबहाली गरेको कम्पनीले एक सुचना जारी गर्दै जनाएको छ ।