IME Life

प्रस्तावित काठमाडौं रि इन्स्योरेन्समा लगानी प्रतिवद्धताको ओइरो, तयारी तिब्र हुँदै

SPIL
NIC ASIA

काठमाडौं। बीमा समितिले नेपालमा नयाँ पुनर्बीमा कम्पनीको सम्भाव्यता अध्ययन सुरु गरे सँगै बजारमा नयाँ अनुमति लिनका लागि व्यवसायीक घरानाहरु सक्रिय हुन थालेका छन्। लामो समयदेखि अन्नपुर्ण रि, प्रुडेन्सियल रि र जेन्यून रिले आफ्नो सम्पुर्ण तयारी सकिएको बताउदै आएका छन्।

तीन वटा कम्पनीको तयारी पछि बीमा समितिले नेपालमा पुनर्बीमा कम्पनीको सम्भाव्यत अध्ययन सुरु गरेको छ। सम्भाव्यता अध्ययन  सँगै काठमाडौं रि इन्स्योरेन्सले पनि तिव्र तयारी गरिरहेको छ। तयारीमा रहेका तीन कम्पनीको संस्थापक को को हुन ? प्रस्तावित कम्पनीकोको नेतृत्वकर्ता को हुन ? व्यवस्थापन कस्ले हेर्ने ? भन्ने कुराको स्पष्ट नहुँदा कतिपय लगानीकर्ताहरु अन्योलमा छन्।

Prabhu
Crest

रि इन्स्योरेन्स व्यवसाय पूर्णत प्राविधिक विषय र अन्तर्राष्ट्रिय कारोबार सँग पनि सम्बन्धित भएकोले जो सुकैले चलाउन नसक्ने विश्लेषकहरु बताउछन्। त्यसैले पनि पहिले चर्चामा रहेका पुनर्बीमा कम्पनीलाई संस्थापक जुटाउन वर्षौ लागेको थियो । तर गएको हप्ता प्रस्तावित “काठमाण्डौ रि इन्स्योरेन्स” ले नाम, पूँजी संरचना, शेयर अनुपात र व्यवस्थापन टिम सार्वजनिक रुपमा घोषणा गरे सँगै बजारमा यस्को पनि चर्चा हुन थालेको छ। यस समुहले पुनर्बीमा व्यवसाय जटिल र प्राविधिक विषय भएकोले अनुभवि र दक्ष टिम तयार पारेको छ। यसमा बीमा समितिको पूर्व अध्यक्ष देवेन्द्र प्रताप शाह, नेपाल रि इन्स्योरेन्सका पूर्व अध्यक्ष महेश गुरागाई, विभिन्न पब्लिक कम्पनी कुशलता पूर्वक चलाएका तथा नेपाल विमक संघका समेत पूर्व अध्यक्ष रहेका रमेश कुमार भट्टराई र बैंक बीमामा कार्यकारी प्रमुख रहेका श्रीचन्द्र भट्टको टिम घोषणा गरे सँगै काठमाण्डौ रि प्रति चासो बढ्न थालेको हो।

पहिले चर्चामा रहेका प्रस्तावित कम्पनीको कुनै कुरा थाहा नपाएका लगानी कर्ताहरु काठमाण्डौ रि को इजाजत पाउने संभावना र अनुभवी टिम प्रति विश्वस्त भएकोले हप्ता दिन भित्रै पाँच अर्व भन्दा बढी लगानीकर्ताको लिखित प्रतिबद्धता आएको काठमाण्डौ रि का योजनाकार मध्येका एक रमेश कुमार भट्टराईले जानकारी दिए।

रि इन्स्योरेन्स कम्पनी कसैको लहडमा चल्ने कम्पनी होइन, व्यवसायिक घरानाले चाहेको रकम लगानी गर्न सक्दछन, तर रि इन्स्योरेन्सको आन्तरिक र बाह्य व्यवसायको अध्यन नभएको तथा दक्ष जनशक्ति जुटाउन नसक्ने कम्पनीले यो व्यवसाय चलाउन नसक्ने भट्टराई ठोकुवा गर्छन । शेयर बजार बढेको बेला मनग्य कमाएका व्यवसायीले नेपाल रि को उच्च शेयर मुल्य हेरेको भरमा आँखा चिम्लेर लगानी गर्छन भने त्यो लगानी डुब्न सक्ने तर्फ पनि सचेत हुनु पर्ने भट्टराईको तर्क छ ।

नेपालमा संचालनमा रहेको एक मात्र पुनर्बीमा कम्पनी नेपाल रि मा नेपाल सरकारको ४३ प्रतिशत भन्दा बढी शेयर लगानी रहेको छ । त्यो लगानी सुरक्षित गर्न सरकारले नेपालमा संचालित ३९ वटा बीमा कम्पनीहरुले आफ्नो कुल व्यवसायको २० प्रतिशत पुनर्बीमा ‘नेपाल रि’ सँग गर्नै पर्ने बाध्यात्मक व्यवस्था गरेको छ । त्यसैले पनि नेपाल रि आफ्नो दशौ अर्वको कारोबारबाट वर्षेनि अर्बौ रुपैयाँ कमाउन सकेको छ। तर नयाँ आउने रि इन्स्योरेन्स कम्पनीले पनि यो संरक्षण र सुविधा पाउछ त ? कुनै हालतमा नपाउने काठमाण्डौ रि का रमेश कुमार भट्टराई बताउँछन । नयाँ आउने रि इन्स्योरेन्स कम्पनीले नेपाल रि सँगै विदेशी रि इन्स्योरेन्स कम्पनी सँग पनि कडा प्रतिस्पर्धा गर्नु पर्छ । त्यसैले आफुलाई सफल बनाउन नयाँ रि इन्स्योरेन्स कम्पनीले उसको मुख्य प्राथमिकता साउथ एशियन र अफ्रिकन देश सँगको पुनर्बीमा व्यवसायमा ध्यान दिनु पर्ने काठमाण्डौ रिका प्रबर्द्धक भट्टराई बताउछन्।

‍बाह्य मुलुकको बीमा कम्पनीहरुको पुनर्बीमा व्यवसाय पाउन त्यति सहज छैन, त्यस्को लागि बलियो पुँजी आकार, दक्ष जनशक्ति, प्रतिस्पर्धी पुनर्बीमा शुल्क र गुणस्तरिय सेवा दिन सक्षम हुनु पर्छ । डलरमा भन्दा खेरी कम्तिमा १०० मिलियन डलरको कम्पनी भन्नलाई पनि १२ देखि १५ अर्बको चुक्ता पुँजी चाहिन्छ र विदेशी पुनर्बीमा व्यवसाय लिनको लागि कम्पनी रेटिङ हुनलाई कुल पुनर्बीमा व्यवसायको बाह्य व्यवसायको अनुपात ४० प्रतिशत हुनु अनिवार्य छ । यो सबैको लागि हामी कहाँ अव नयाँ इजाजत दिने पुनर्बीमा कम्पनीको पुँजी र व्यवस्थापन एकदमै बलियो हुनु पर्छ र यो सबैको लागि काठमाण्डौ रि इन्स्योरेन्स पुर्व तयारीका साथ आउन थालेको यस्का प्रबर्द्धक भट्टराई बताउँछन् ।

काठमाण्डौ रि इन्स्योरेन्सका मुख्य योजनाकारहरु बैक, बीमा र पुनर्बीमा क्षेत्रमा स्थापित र सफल व्यक्तिहरु भएकोले छोटो समयमा यस समूह प्रति आकर्षण देखिएको हो । एक हप्ताको अवधिमा ५ अर्ब भन्दा बढी लगानीको प्रतिबद्धता आएको तथा संस्थागत लगानीको लागि धेरै बैंक बीमा र सरकारी निकायबाट सकारात्मक प्रतिक्रिया आएकोले पनि चुक्ता पुँजी बद्धि गरी १२ देखि १५ अर्ब पुर्‍याउने योजना रहेको प्रबर्द्धक भट्टराई बताउँछन । अहिले काठमाण्डौ रि ले १० अर्ब चुक्ता पुँजीको प्रस्ताव गरेको छ । विदेशी पुनर्बीमा कम्पनी संगको सहकार्यको लागि सकारात्मक पहल भैरहेको छ तर विदेशी लगानी भित्राउने प्रकृया झंझटिलो र लामो हुने भएकोले नयाँ कम्पनीको सहमति (एल ओ आई) पत्र प्राप्त गरे पछि मात्र त्यता तिर  लाग्ने भट्टराईले जानकारी दिए।

नयाँ बीमा कम्पनीको इजाजत लिने सन्दर्भमा एशियन लाईफ इन्स्योरेन्स र महालक्ष्मी लाईफ इन्स्योरेन्सको संस्थापक भई दुई वटा कम्पनी स्थापना र संचालन गरेको अनुभव काठमाण्डौ रि का प्रबर्द्धक रमेश कुमार भट्टराई सँग छ । त्यसैले पनि पछिल्लो समय पुनर्बीमा कम्पनीको इजाजतको लागि तयारी गरिरहेको काठमाण्डौ रि इन्स्योरेन्सले बीमा समितिको प्रचलित व्यवस्था अनुसार आवश्यक पर्ने कागजात जुटाइसकेको छ । प्रबन्धपत्र, नियमावली, संभाव्यता अध्यन प्रतिवेदन, विनियमावलीहरु तैयारी अवस्थामा राखेको छ । बीमा समितिले  गठन गर्ने पुनर्बीमा अध्यन समितिले अध्यन प्रतिवेदन समितिमा पेश गरि सकेपछि समितिले नयाँ कम्पनीको लागि दर्ता खुला गर्ने वित्तिकै पेश गर्ने हिसाबले काम तिब्रताका साथ भइरहेको प्रबर्द्धक रमेश कुमार भट्टराईले इन्स्योरेन्स खबरलाई जानकारी दिए।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS