IME Life
Beema Board

कुमारी बैंकले ल्यायो डिजिटल च्यालेन्ज योजना, विजेताले आइफोन १२ प्राप्त गर्ने

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । कुमारी बैंकले ‘डिजिटल च्यालेन्ज’ योजना सुरु गरेको छ । बैंकले डिजिटल कारोबार प्रवद्र्धन तथा प्रयोग बढाउने उद्देश्यले यस योजना ल्याएको बताएको छ ।

यस योजना अन्तर्गत बैंकको कुमारी स्मार्ट प्रयोग गरी कारोबार गर्ने ग्राहकमध्ये १ जना विजेताले आइफोन १२ प्राप्त गर्नेछन् । ५ जना भाग्यशाली विजेताले सामसुङ ट्याब ए ८.० प्राप्त गर्ने बैंकले जनाएको छ ।

Prabhu
Crest

‘कुमारी स्मार्ट वान टु थ्री, आइफोन १२ फ्री’ योजनाअन्तर्गत ग्राहकले ३ कार्य सम्पन्न गरे आइफोन १२ प्राप्त गर्ने अवसर पाउनेछन् । ग्राहकले कुमारी स्मार्ट मोबाइल एप प्रयोग गरी प्रथमतः टप–अप गर्ने, दोस्रोमा फोनपे डिरेक्ट प्रयोग गर्ने र तेस्रोमा फोनपे क्यूआर कोड स्क्यान गरी भुक्तानी गरेपछि आइफोन १२ प्राप्त गर्ने लक्की ड्रमा सहभागी हुनेछन् ।

कुमारी स्मार्ट एपबाट पहिलो पटक कारोबार गर्ने ग्राहकमध्ये ५ जना विजेताले सामसुङ ट्याब ए ८.० प्राप्त गर्नेछन् । कुमारी स्मार्ट प्रयोग गर्न ग्राहकले बैंकमा आफ्नो खाता खोलेको हुनुपर्छ । एफवान सफ्टको सहकार्यमा यो योजना यही मार्च १ तारिखदेखि मार्च महिनाको अन्तिम दिन ३१ तारिकसम्म मात्र लागू गरिएको बैंकले जनाएको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS