SKIP THIS

GBIME
IME Life
Beema Board

ग्लोबल आइएमई बैंकको ३० लाख कित्ता ऋणपत्र चैत १ गतेदेखि निष्काशन हुने

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले चैत १ गतेदेखि १ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्काशन तथा बिक्री खुल्ला गर्ने भएको छ । बैंकले १० वर्षको अवधिको ‘८ दशमलव ५० प्रतिशत ग्लोबल आइएमई बैंक डिबेन्चर २०८६/८७’ निष्काशन गर्न लागेको हो ।

निष्काशन गर्ने कुल कित्तामध्ये १ अर्ब ८० करोड बराबरको १८ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट र बाँकी रहेको १ अर्ब २० करोड बराबरको १२ लाख कित्ता ऋणपत्र सर्वसाधारणहरुमा विक्री गर्न लागेको हो । सर्वसाधारणलाई निष्काशन गरिएको ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ६० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याएको छ ।

Prabhu
Crest

लगानीकर्ताले उक्त ऋणपत्रमा छिटोमा चैत ४ गतेसम्म र ढिलोमा चैत १६ गतेसम्म आवेदन दिन सक्नेछन् । न्यूनतम २५ कित्तादेखि अधिकतम १० लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

उक्त ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा सेन्चुरी क्यापिटल मार्केट्स लिमिटेड रहेको छ । कम्पनीको ऋणपत्रलाई इक्रा नेपालले न्यून कर्जा जोखिम जनाउने इक्रा एनपी एल ए माइनस रेटिङ प्रदान गरेको छ ।

लगानीकर्ताले सेन्चुरी क्यापिटल मार्केट्स लिमिटेड, ग्लोबल आइएमई बैंक लिमिटेड तथा नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सिआश्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS