IME Life
Beema Board

बैंकरहरुको छाता संघठन सिबिफिनको अध्यक्षमा गोल्याण

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं। बैंकहरुका अध्यक्षहरुको छाता संघठन बैंक तथा वित्तीय संस्था परिसंघ ‘सिबिफिन’को अध्यक्षमा पुनः पवन गोल्याण निर्वाचित भएका छन्। संघको प्रथम वार्षिक साधारणसभाबाट गोल्याण सर्वसम्मत अध्यक्ष पदमा निर्वाचित भएका हुन्। गोल्याण एनएमबी बैंकको सञ्चालक समितिको अध्यक्ष हुन्।

गोल्याण सहित सिबिफिनको कार्यसमितिमा १५ जना निर्वाचित भएका छन्। संघको वरिष्ठ उपाध्यक्षमा भोजबहादुर शाह निर्वाचित भएका छन्। त्यस्तै विकास बैंकहरुको तर्फबाट उपाध्यक्ष पदमा राजेश उपाध्याय निर्वाचित भएका छन् भने महासचिवमा केशव बहादुर रायमाझी भएका छन्। कोषाध्यक्षमा तुल्सीराम अग्रवाल, सचिवमा कुशकुमार मल्ली र सहकोषाध्यक्षमा मनोजकुमार केडिया छन्। सदस्य पदमा पृथ्वी बहादुर पाँडे, तुलसी प्रसाद गौतम, इच्छाराज तामाङ, उपेन्द्रकेशरी न्यौपाने, महेन्द्रकुमार गोयल, दशरथ रिमाल र हिरेन्द्रमान प्रधान रहेका छन्।

Prabhu
Crest

शनिवार सम्पन्न भएको प्रथम वार्षिक साधारणसभाबाट कार्यसमितिका सम्पुर्ण पदाधिकारीको सर्वसम्मत चयन भएको हो। साधारणसभाको प्रमुख अतिथि अर्थमन्त्री बिष्णु प्रसाद पौडेल थिए। कार्यक्रममा अर्थमन्त्री पौडेलले सरकारले उत्पादनमुलक उद्योग र होटल पर्यटन क्षेत्रको लागि विद्युत डिम्याण्ड शुल्क छुट दिने निर्णय भएको जानकारी दिएका थिए। उनले कोभिड १९ विरुद्धको खोप प्रदान गर्ने प्रक्रियालाई नसक्ने र सबै लक्षित समुदायमा खोप पुर्याउने प्रतिवद्धता जनाए।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS