Connect IPS
IME Life

फागुन २१ गते देखि आउने ज्योति लाइफ इन्स्योरेन्सको आईपीओको बारेमा सम्पूर्ण जानकारी

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । फागुन २१ गते बाट ज्योति लाइफ इन्स्योरेन्सले आफ्नो जारी पूँजी दुई अर्ब २० करोड मध्ये ३० प्रतिशत अर्थात ६६ करोड रुपैयाँ बराबरको प्रति शेयर रु. १०० अंकित दरका ६६,००,००० कित्ता मध्ये ३,३०,००० कित्ता अर्थात कुल निष्काशनको ५ प्रतिशत शेयर कर्मचारीहरुलाई र ३,३०,००० कित्ता अर्थात कुल निष्काशनको ५ प्रतिशत शेयर सामुहिक लगानी कोषको लागि सुरक्षित गरिएको र बाँकी ५९,४०,००० कित्ता शेयर सर्वसाधारणमा निष्काशन गर्ने भएको छ ।

Prabhu
Crest

आवेदन दिने समय :
ज्योति लाइफ इन्स्योरेन्सको आईपीओमा छिटोमा फागुन २६ गते र ढिलोमा चैत ६ गतेसम्म आवेदन दिन सकिने छ । सो समयपछि  आईपीओमा आवेदन दिन सकिने छैन ।

ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको प्राथमिक शेयर निर्धारित समयभन्दा दुई दिन अगाडि नै बिक्री खुला हुने भएको छ। सिडिएससी एण्ड क्लियरिङ हाउसले आइतबारदेखि प्राथमिक शेयर निष्काशन गर्दा लोड व्यवस्थापनमा समस्या देखिएकाले दुई दिन अगाडी नै बिक्रि खुला गर्न कम्पनीलाई निर्देशन दिएको हो।

कति कित्ता दिन पाईन्छ आवेदन ?
न्युनतम १० कित्ता देखि अधिकतम ६६,००० कित्ता सम्म आवेदन दिन सकिन्छ ।

कम्पनीको बारेमा :
प्रधान कार्यालय :
यस कम्पनीको कारोवार गर्ने मुख्य स्थान काठमाडौं जिल्ला, का.म.न.पा. वडा नं. ३०, ज्ञानेश्वर, काठमाडौंमा रहेको छ ।

कम्पनीको ईतिहास :
इन्स्योरेन्स कम्पनी २०७४/०१/२४ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा पब्लिक लिमिटेड कम्पनीको रूपमा दर्ता भएको हो । यस इन्स्योरेन्स कम्पनीले बीमा समितिबाट बीमा ऐन, २०४९ अनुसार मिति २०७४/०३/२० मा बीमकको हैसियतले जीवन बीमा कारोवार गर्न स्वीकृति तथा कम्पनी रजिष्ट्रारको कार्यालयबाट मिति २०७४/०७/२२ गते कारोबार संचालनको स्वीकृति प्राप्त गरी आफ्नो कारोवार सञ्चालन गर्न गर्दै आएको छ ।

पूँजीको अवस्था :
अधिकृत पुँजी : ३ अर्ब
जारी पुँजी : २ अर्ब २० करोड
चुक्ता पुँजी : १ अर्ब ५४ करोड ( आईपीओ अघि )
चुक्ता पुँजी : २ अर्ब २० करोड ( आईपीओ पछि )

हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ५४ करोड रहेको र ६६ करोड बराबरको साधारण शेयर बिक्री प्रक्रिया पश्चात कम्पनीको चुक्ता पूँजी २ अर्ब २० करोड हुन्छ । आईपीओ प्रक्रिया पश्चात कम्पनीमा सस्थापक शेयरको हिस्सा ७० प्रतिशत हुने छ भने साधारण शेयरको हिस्सा ३० प्रतिशत हुने छ।


संचालकको जानकारी :
कम्पनीको अध्यक्षमा नन्द किशोर शर्मा रहेका छन् । त्यस्तै संचालक समिति सदस्यमा आकाश गोल्छा, शर्मिला श्रेष्ठ महर्जन, जयन्त कुमार अग्रवाल र दीपक कुमार अग्रवाल रहेका छन्।

व्यवस्थापक :
कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा प्रकाश विक्रम खत्री छन् । खत्री नेपाल लाईफ इन्स्योरेन्सको संचालक पदमा सन् २०१५ सेप्टेम्बर देखि २०१७ जुन सम्म जम्मा २ वर्ष ९ महिनाको कार्य अनुभव रहेको छ। त्यस्तै एनआईसी एशिया बैंकमा सन् २०१६ अप्रिल देखि २०१७ मे सम्म जम्मा १ वर्ष १ महिनाको कार्य अनुभव रहेको छ । त्यस्तै खत्रीको Barcalays Bank UK मा सन् २००७ सेप्टेम्बर देखि २०१० डिसेम्बर सम्म जम्मा ३ वर्ष ३ महिनाको कार्य अनुभव, लक्ष्मी बैंक लिमिटेडमा सन् २०११ मार्च देखि २०१५ अक्टोबर सम्म जम्मा ४ वर्ष ७ महिनाको कार्य अनुभव र ज्योति लाईफ इन्स्योरेन्समा स्थापनादेखि मिति २०७७ वैशाखसम्म नायब प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्य अनुभव रहेको छ।

वित्तीय विवरण :
आर्थिक वर्ष ७५/७६ को वार्षिक तथ्यांक अनुसार कम्पनीको प्रति शेयर आम्दानी ११ रुपैयाँ ८२ पैसा रहेको छ भने किताबी मूल्य १२० रुपैयाँ २९ पैसा छ । आ.व. ७६/७७ को आषाढ मसान्तसम्मको अपरिष्कृत तर व्यवस्थापनबाट प्रमाणित वित्तीय विवरण अनुसार कम्पनीको प्रति शेयर आम्दानी १२ रुपैयाँ ६५ पैसा र किताबी मूल्य १३२ रुपैयाँ ९४ पैसा रहेको छ ।

प्रक्षेपित तथ्यांक अनुसार आर्थिक वर्ष ७७/७८ मा प्रति शेयर आम्दानी १२ रुपैयाँ २० पैसा र किताबी मूल्य १३५ रुपैयाँ २६ पैसा हुन्छ । आर्थिक वर्ष ७८/७९ मा भने प्रति शेयर आम्दानी १५ रुपैयाँ ३३ पैसा र किताबी मूल्य १५० रुपैयाँ ५९ पैसा र आर्थिक वर्ष ७९/८० मा भने प्रति शेयर आम्दानी १७ रुपैयाँ ८९ पैसा र किताबी मूल्य १६८ रुपैयाँ ४९ पैसा हुने कम्पनीले प्रक्षेपण गरेको छ ।

पूँजीको रणनीति :
आईपीओ पश्चात कम्पनीको पुँजी २ अर्ब २० करोड हुने छ तर कम्पनीले प्रक्षेपण गरेको विवरणमा कम्पनीले आर्थिक वर्ष ७९/८० सम्म पुँजी वृद्धिको लक्ष्य राखेको छैन।

क्रेडिट रेटिङ्ग :
बोर्डबाट क्रेडिट रेटिङ्ग सम्बन्धी कार्य गर्न अनुमति प्राप्त संस्था केयर नेपाल (CARE NEPAL)ले मिति २०७७/०३/२५ गते यस ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडलाई “CARE NP BBB (Is)” प्रदान गरेको छ र सो को अवधि एक वर्ष रहनेछ । CARE – NP BBB (Is) रेटिङ्गले समयमानै वित्तीय दायित्व पुरा गर्न सक्षम रहेको मध्यमस्तरको सुरक्षित कम्पनी (Issuers with this rating are considered to offer moderate degree of safety regarding timely servicing of financial obligations, in Nepal. Such issuers carry moderate credit risk) जनाउँदछ ।

आईपीओबाट उठेको पैसा केमा उपयोग गर्दै छ ?
आइपीओबाट प्राप्त पुँजी कम्पनीले वाणिज्य बैंकको मुद्दती निक्षेप, विकास बैंकको मुद्दती निक्षेप, पब्लिक लिमिटेड कम्पनीको शेयरमा लगानी, शाखा विस्तार र विद्यमान शाखाहरुको स्तरोन्नतीको लागी प्रयोग हुने छ ।

कति कित्ता शेयर पर्ला ?
धितोपत्र निस्काशन तथा बाडँफाडँ निर्देशिका अनुसार सबैलाई सुरुमा दश-दश कित्ता दिँदै जानु पर्छ । तर यस कम्पनीले सर्वसाधारणलाई ५९ लाख ४० हजार कित्ता शेयर निष्काशन गरेको छ । यसको अर्थ दश कित्ता नियम अनुसार ५ लाख ९४ हजार जना आवेदकले मात्र दश कित्ता शेयर प्राप्त गर्ने छन् । यस अघिको आईपिओ तथ्यांक अनुसार १५ लाख माथि सजिलै आवेदन पर्ने सम्भावना छ। त्यसैले यो आईपिओमा दश कित्ता आवदेन दिंदा ठिक देखिन्छ।

नोट : लगानी निर्णय लिनु अघि थप अनुसन्धान गर्नु होला !

र यो पनि :

आईपीओ आउँदै गरेको ज्योति लाइफ र आईपीओ आईसकेको प्रभु लाइफ र रिलायन्स लाइफलाई दाँजेर हेर्दा

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS