IME Life
Beema Board

विजय लघुवित्तले खप्तड लघुवित्तलाई प्राप्ति गर्ने प्रस्ताव पारित

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । विजय लघुवित्त वित्तीय संस्थाको विशेष साधारण सभाले खप्तड लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गर्ने विशेष प्रस्ताव सर्वसम्मतीले पारित गरेको छ ।

फागुन १५ गते विजय विकास स्रोत केन्द्र गैडाकोट, ८ मा सम्पन्न विशेष साधरण सभाले प्राप्ति गर्ने प्रयोजनको लागि मुल्याँकनकर्ताबाट प्राप्त प्रतिवेदनका आधारमा निर्धारण गरिएको विजय लघुवित्त र खप्तड लघुवित्तको शेयर स्वाप अनुपात १ः०.८५ कायम गर्ने संचालक समितिको प्रस्ताव पारित गरेको जनाएको छ ।

Prabhu
Crest

विशेष साधारण सभाले विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति गर्ने सम्बन्धमा सम्पन्न समझदारीपत्र या , सम्पत्ति, दायित्व र कारोवारको मूल्यांकन प्रतिवेदन, प्राप्ति गर्ने र हुने सम्बन्धमा गठित संयुक्त प्राप्ति समिति र सञ्चालक समितिले गरेका निर्णय एवम्सो सम्बन्धमा भएका काम कारबाही र खर्च अनुमोदन गर्नुको साथै दुई पक्ष बीच सम्पन्न अन्तिम सम्झौतापत्र समेत स्वीकृत गरको छ ।

प्राप्ति गर्ने कार्य सम्पन्न भएपश्चात हुने संस्थाको अधिकृत पुँजी, जारी पुँजी, चुक्ता पुँजी, शेयर संरचना बमोजिम संस्थाको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने प्रस्ताव पारित भएको छ ।

सभाले वित्तीय संस्थाको तर्फबाट अन्य कुनै वित्तीय संस्था प्राप्ती गर्ने वा एक आपसमा गाभ्ने गाभिने सम्बन्धि आवश्यक सहमति र सम्झौता गर्ने लगायत गाभ्ने,गाभिने वा प्राप्ती गर्ने सम्बन्धमा आवश्यक कामहरु गर्न सक्ने अक्तियारी संचालक समितिलाई प्रत्यायोजन गर्ने प्रस्ताव पारित समेत गरेको संस्थाले बताएको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS