IME Life

यो साता नेप्सेमा १५ कम्पनीको शेयर सूचीकृत, कसको कति ?

SPIL
NIC ASIA

काठमाडौं । यो साता नेप्सेमा १५ वटा कम्पनीको शेयर सूचीकृत भएको छ । नेप्सेमा १५ कम्पनीको १७ करोड ३६ लाख ९१ हजार ५ सय ९९ दशमलव ५ कित्ता शेयर सूचिकृत भएको हो । जसमध्ये एक कम्पनीको हकप्रद, २ वटा कम्पनीको आइपिओ र बाँकि १२ वटा कम्पनीको बोनश शेयर सूचिकृत भएको हो ।

रिडी हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडको २ लाख ७८ हजार ८३७ कित्ता सेयर नेप्सेमा सूचीकृत गराएको हो । अपि पावर कम्पनीको ५६ लाख ७० हजार कित्ता हकप्रद शेयर आइतबार सूचीकृत भएको छ ।

Prabhu
Crest

सानिमा माई हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडको बोनश शेयर नेप्सेमा सूचीकृत भएको छ । कम्पनीले २५ लाख ५३ हजार एक सय कित्ता शेयर नेप्सेमा सूचीकृत गराएको हो ।

प्राइम लाइफ इन्स्योरेन्सको बोनश शेयर सूचीकृत भएको हो । नेप्सेका अनुसार कम्पनीको १५ लाख ८१ हजार २ सय ५३ कित्ता बोनश शेयरसूचिकृत भएको छ । एभरेष्ट बैंक लिमिटेडको बोनश शेयर सूचीकृत भएको छ । नेप्सेका अनुसार बैंकको ४२ लाख ३५ हजार एक सय ३ दशमलव ४२ कित्ता बोनश शेयर सूचिकृत भएको हो ।

आइसीएफसी फाइनान्स कम्पनी कम्पनीको बोनश शेयर सूचीकृत भएको छ । नेप्सेका अनुसार कम्पनीको ९ लाख ७७ हजार ६ सय ३८ कित्ता बोनश शेयर सूचिकृत भएको हो । स्पर्श लघुवित्त वित्तीय संस्थाको बोनश शेयर सूचीकृत भएको छ । नेप्सेका अनुसार संस्थाको १ लाख ८२ हजार ८ सय ८।९७ कित्ता बोनश शेयर सूचिकृत भएको हो ।

आशा लघुवित्त वित्तीय संस्थाको बोनश शेयर सूचीकृत भएको छ । नेप्सेका अनुसार संस्थाको बोनश शेयर वापतको ३ लाख ४८ हजार ४३२ कित्ता बोनश शेयर सूचीकृत भएको हो । वोमी लघुवित्त वित्तीय संस्थाको ८ लाख ३३ हजार ५४४ कित्ता शेयर सूचीकृत भएको छ ।

मेगा बैंक लिमिटेडको १० प्रतिशत बोनश शेयर वापतको १ करोड ३३ लाख २२ हजार ६९५.४१६० कित्ता बोनश शेयर सूचीकृत भएको हो । कृषि विकास बैंकको १५ प्रतिशत बोनश शेयर वापतको १ करोड ४३ लाख ३४ हजार ६९१.०४६४ कित्ता सेयर सूचीकृत भएको हो ।

स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडको ५६ लाख ८ हजार १.४७ कित्ता बोनश शेयर सूचिकृत भएको हो । ग्लोबल आइएमई लघुवित्तको ७ लाख १३ हजार ९१.०८ कित्ता बोनश शेयर सूचिकृत भएको हो ।

सानिमा लार्ज क्याप फण्डको १२ करोड कित्ता आइपिओ पनि नेप्सेमा सूचिकृत भएको छ भने सानिमा बैंकको डिबेन्चर २०८७ को ३० लाख ५२ हजार ४ सय ४ कित्ता नेप्सेमा सूचिकृत भएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS