IME Life
GBIME

साइबर सेक्युरिटी बीमा (Cyber Security Insurance): के र किन ?

SPIL
NIC ASIA new
NLIC

साइबर सेक्युरिटी बीमाले नेटवर्क सेक्युरिटीको उल्लंघन, डाटा सुरक्षण सम्बन्धी कानूनहरुको उल्लंघन, कर्मचारीबाट हुने इमेल दुरुपयोगको सुरक्षा वा वेब साइटमा आउन सक्ने अनावश्यक तथा अपमानजनक सामाग्री आदिको सुरक्षण प्रदान गर्दछ । नब्बेको दशकको उत्तरार्धतिर यो बीमाको सुरुवात भएको देखिन्छ र प्रारम्भमा मुलतः यो बीमाले तेश्रो पक्ष ह्याकरको कारण संस्थाको व्यवसाय माथि पर्न सक्ने क्षति को सुरक्षण प्रदान गर्ने गरेको पाइन्छ । खासगरी अमेरिकी तथा यूरोपेली मुलुकहरुमा यो बीमाको शुरुवात तथा प्रचलन भएको देखिन्छ भने नेपालमा हाल सम्म बीमकहरुबाट यो बीमाको अण्डरराइटिङ्ग भएको देखिंदैन ।

साइबर संयन्त्र अर्थात सामान्य अर्थमा कम्प्यूटर तथा इन्टरनेटको प्रयोग हुने संस्था तथा व्यवसायमा सोही संयन्त्रको दुरुपयोगबाट हुन सक्ने आर्थिक क्षतिको न्यूनीकरणको निम्ति यो बीमाको आवश्यकता भई प्रयोगमा रहेको देखिन्छ भने नेपालमा हिजो आज मुलतः बैकिङ्ग तथा अन्य केही वित्तीय क्षेत्रको निम्ति यो बीमाको खाँचो भएको सम्बन्धमा चर्चा तथा छलफल हुने गरेको सम्म पाइन्छ । यसै सन्दर्भमा यो लेखले साइबर दायित्व बीमा (Cyber Liability Insurance) सम्बन्धमा जानकारी प्रदान गर्न खोजेको छ ।

Crest

साइबर बीमाले कस्तो सुरक्षण प्रदान गर्ने गर्दछ ?
साधारणतया यो बीमाले प्रथम पक्ष र तेश्रो पक्ष  जोखिम सम्बन्धी सुरक्षण प्रदान गर्दछ । प्रथम पक्ष कभरेज भित्र बीमित संस्थाको सम्पत्तिको सुरक्षण प्रदान गर्दछ, जस्तै:  डिजिटल सम्पत्ति जस्तै तथ्याङ्क तथा सफ्टवेयर प्रोग्राममा हुन सक्ने क्षति । नेटवर्क ‘डाउन टाइम’ को कारण हुन सक्ने व्यवसायिक अवरोध ।
ग्राहक जानकारी खर्च, जहाँ प्रचलित कानून तथा नियमनकारी आवश्यकताले ग्राहकलाई कुनै सुरक्षा वा गोपनियता शर्त उल्लंघन भएमा जानकारी गराउनु पर्ने रहेको हुन्छ । डेटा ब्रिच’ को कारण बौद्धिक सम्पत्ति माथि हुने प्रतिष्ठा सम्बन्धी क्षति, उपकरण वा विद्यतीय चोरीद्वारा हुने नगद वा डिजिटल सम्पत्तिको चोरी । नेटवर्क सुरक्षा विफल, मालवेयर फङ्सन (Malware Function), जबरजस्ती चन्दा (Cyber Extortion Demand), फिरौती माग लगायतका जोखिम विरुद्ध सुरक्षण प्रदान गर्दछ ।

मुलतः यस्ले साइबर घटनाबाट निम्तिने प्रत्यक्ष खर्च जस्तै: कानूनी खर्च, तथ्याङ्क पुर्नस्थापना आदिको सुरक्षण प्रदान गर्दछ । कर्मचारीबाट हुने कपटपूर्ण र द्वेषपूर्ण कार्य विरुद्ध सुरक्षण । तेश्रो पक्ष कभरेजले बीमित संस्थाको सम्पत्ति बाहेक अरुका (साधारणतया ग्राहकको सम्पत्ति) मा हुन सक्ने क्षतिको हकमा सुरक्षण प्रदान गर्दछ, जस्तैः सेक्युरिटी तथा गोपयिनता सम्बन्धी उल्लंघन र सो संग सम्बन्धि अनुसन्धान तथा प्रतिरक्षा खर्च र नागरिक क्षति रहन्छ।

संचार दायित्व अन्तर्गत बीमितको विज्ञापन सम्बन्धी कार्यबाट कसैको बौद्धिक सम्पत्तिको उल्लंघन तथा मानहानी, यो सुरक्षण अन्तर्गत बीमितले प्रयोग गर्ने अनलाइन, सामाजिक सञ्जाल तथा मौद्रिक विज्ञापन समेत समावेश भएको हुन्छ । तेश्रो पक्षको डाटा उपर पर्ने क्षति । यो बीमा अन्तर्गत सुरक्षण नुहने जोखिमहरुः सामान्यतयाः साइबर सेक्युरिटी बीमाले निम्न प्रकारका क्षतिहरुको सुरक्षा प्रदान गर्दैनः ठगीजन्य कार्य वा ऐच्छिक उल्लंघन, मेकानिकल वा इलेक्ट्रिकल त्रुटी, शारिरीक चोटपटक, भौतिक सम्पत्ति क्षति, साइबर आतंकवाद/युद्धको कारण हुने क्षति रहन्छ।

के यो बीमा महंगो हुने गर्दछ:
साइबर बीमा खरिद गर्नको निम्ति बीमितले तिर्नु पर्ने बीमाशुल्क विभिन्न कारक जस्तै संस्थाको वार्षिक आम्दानी, व्यवसायको प्रकृति, सुरक्षण गरिने डाटाहरुको प्रकार र नेटवर्क सेक्युरिटीको स्तर आदिमा भर पर्दछ । व्यवसायका केही क्षेत्रहरु साइबर अपराध प्रति बढि कमजोर र सम्वेदनशिल भएका कारण बढि सुरक्षणको आवश्यकता पर्दछ र फलस्वरुप बीमालेख महंगो पर्न जान्छ । जस्तै, बैकिङ्ग,बीमा तथा अन्य वित्तीय संस्थालाई यो बीमा महंगो हुन सक्छ भने गैर बैकिङ्ग तथा वित्तीय संस्थालाई सस्तो पर्न सक्दछ । उदाहरणको लागि भारतमा संस्थागत  साइबर बीमा अन्तर्गत साधारणतया ५ करोड सम्मको बीमाङ्क कायम हुँदा रु.४.५ देखि ४.८ लाखसम्म बीमाशुल्क पर्ने गर्दछ । अर्को तर्फ व्यक्तिगत साइबर बीमाको हकमा बीमाशुल्क संस्थागत भन्दा केही सस्तो हुने गर्दछ । यसर्थ, नेपालमा पनि यो बीमा सस्तो हुन्छ भनि आङ्कलन गर्न सकिने देखिदैंन ।

विशेष गरी नेपालमा बैकिङ्क तथा वित्तीय क्षेत्रमा साइबर सम्बन्धी जोखिम बढि रहेको देखिन्छ । तथापी, हालसम्म साइबर सेक्युरिटी सम्बन्धी बीमालेख बिक्री भएको नदेखिंदा नेपाली बीमा क्षेत्रमा साइबर सम्बन्धी जोखिमको सुरक्षा प्रदान गर्ने बीमालेख सम्बन्धमा बीमा क्षेत्र संग सम्बन्धित सबै सरोकारवालाहरुको छलफल तथा अध्ययन हुन आवश्यक छ किनकी यस्तो जोखिमबाट निम्तिन सक्ने क्षतिले सम्बन्धित संस्था तथा व्यक्तिलाई मात्र नभई विभिन्न ग्राहक, निक्षेपकर्ता तथा बीमित र अन्तत्वोगत्वा समस्त राष्ट्र कै आर्थिक व्यवस्थालाई नै असर गर्न सक्दछ । यस सम्बन्धमा अन्तराष्ट्र्रिय बीमा अभ्यासको अध्ययन गरी नेपाली बजार अनुकुल हुने साइबर बीमालेख अनुसरण गर्न उपयुक्त देखिन्छ ।

(लेखक बीमा समितिमा उपनिर्देशक (कानून) पदमा कार्यरत रहेका छन्  । (प्रस्तुत लेखले बीमा समितिको प्रतिनिधित्व गर्दैन, लेखकको व्यक्तिगत विचार मात्र हो ।)

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS