IME Life
Beema Board

राष्ट्रिय बीमा कम्पनीको बीमा कोषमा २ अर्ब ३१ करोड,अधिकांश सूचकमा गिरावट

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । राष्ट्रिय बीमा कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।

कम्पनीले चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा १२ करोड ८७ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले १४ करोड ४८ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन घटेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन ११ प्रतिशतले कमी हो ।

Prabhu
Crest

२६ करोड ६६ लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोषमा ३ अर्ब रुपैयाँ, बीमा कोषमा २ अर्ब ३१ करोड रुपैयाँ सञ्चित रहेको छ ।

समिक्षा अवधिमा कम्पनीले १३ करोड ७४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा घटेको हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ३१ करोड ४४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

यस अवधिसम्ममा कम्पनीले २ करोड २५ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३ करोड ७७ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलानामा कम्पनीको खुद दाबी भुक्तानी घटेको हो ।

कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी १ सय ३ रुपैयाँ ६ पैसा रहेको छ भने प्रतिशेयर नेटवथ १२ सय ३९ रुपैयाँ ०१ पैसा रहेको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS