IME Life
Beema Board

नेपाल लाइफको अधिकांश सूचकमा उत्साहजनक प्रगति, जीवन बीमा कोष १ खर्बमाथि

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । यस अवधिसम्ममा कम्पनीको अधिकांश सूचकमा उत्साहजनक प्रगति देखिएको छ ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीले १७ अर्ब ८ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीको खुद बीमा शुल्क १३ अर्ब ९१ करोड रुपैयाँ रहेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन २२ दशमलव ८३ प्रतिशतले बढी हो ।

Prabhu
Crest

७ अर्ब १९ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोषमा १ अर्ब ५ करोड रुपैयाँ, जीवन बीमा कोषमा १ खर्ब १ अर्ब २८ करोड रुपैयाँ र महाविपत्ती कोषमा ५९ करोड ८९ लाख रुपैयाँ सञ्चित रहेको छ ।

समिक्षा अवधिमा कम्पनीले ४२ करोड ९७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा २२ दशमलव ४७ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ३५ करोड ९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

पुस मसान्तसम्ममा कम्पनीले १७ अर्ब ४० करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको १४ अर्ब रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो । यस अवधिसम्ममा इन्स्योरेन्सले २६ हजार ४८३ दाबी बापत ५ अर्ब २४ करोड ५४ लाख रुपैयाँ कुल भुक्तानी गरेको छ ।

यस अवधिसम्ममा कम्पनीले ५ अर्ब ५६ करोड रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३ अर्ब १४ करोड रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो ।

कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी ११ रुपैयाँ ९४ रहेको छ भने प्रतिशेयर नेटवर्थ १२२ रुपैयाँ ९५ पैसा रहेको छ । मुल्य आम्दानी अनुपात २०४.०४ गुणा रहेको छ ।

 

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS