IME Life
Beema Board

महालक्ष्मी लाइफ तेस्रो वर्षमा प्रवेश, छोटो समयमा उल्लेख्य प्रगति, पुराना कम्पनीलाई चुनौति

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । सबैभन्दा कान्छो जीवन बीमा कम्पनी अर्थात महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो स्थापनाको दुई वर्ष पुरा गरी तेस्रो वर्षमा प्रवेश गरेको छ । जीवन बीमा क्षेत्रमा सबैभन्दा कान्छो कम्पनीको रुपमा २०७५ माघ २७ गतेदेखि औपचारिक रुपमा जीवन बीमा व्यवसाय सुरु गरेको महालक्ष्मी लाईफले आफ्नो स्थापनाको दोस्रो पुरा गरेको हो ।

जीवन बीमा कम्पनीको रुपमा कान्छो भएपनि नेपालमा जीवन बीमा व्यवसाय, बीमा जनचेतना र बीमा अभ्यासमा दीर्घकालिन सोच, योजनाको जग बसाल्न सफल महालक्ष्मी लाईफ अन्य प्रतिस्पर्धी जीवन बीमा कम्पनीहरुलाई चुनौतिका पहाड सिर्जना गर्दै र बीमकहरुलाई पुराना कम्पनीको विकल्पको रुपमा अघि बढिरहेको छ । देशका विभिन्न विकट भुभागदेखि सुगम क्षेत्रमा समेत आफ्नो कम्पनीका बीमा पोलिसीलाई विक्री गर्दै बीमा क्षेत्रमा उदाउदो कम्पनीका रुपमा स्थापित हुँदैछ ।

Prabhu
Crest

महालक्ष्मी लाईफले आफूलाई सबैभन्दा नयाँ कम्पनी भएर पनि पुराना कम्पनलाई चुनौति दिने दोब्बर ग्यारेन्टी सहितको बीमा योजना सार्वजनिक गर्दै आएको छ। पुराना कम्पनीहरुको न्युनतम बोनशदर प्रतिहजार ३३ रुपैयाँ हाराहारी रहेको सन्दर्भमा सबैभन्दा कान्छो महालक्ष्मीले दीर्घकालिन योजनाका आफुलाई अगाडि बढाउदा न्युनतम बोनस दर नै प्रतिहजार ५० रुपैयाँ  दिन सफल भएको छ । नयाँ कम्पनीले धेरै बोनस दर दिन सक्दैनन् भन्ने आरोपलाई चिर्दै महालक्ष्मीले न्युनतम बोनस दर नै ५० रुपैयाँ दिन सफल भएको छ।

संघर्षपुर्ण स्थापना
नेपाली बीमा बजारमा बीमा कम्पनीहरुको सङख्या वृद्धि भएको भन्दै विज्ञहरुले आलोचना गरिरहेको अवस्थामा दुई वर्ष अगाडि आजैका दिनबाट महालक्ष्मी लाइफ जीवन बीमा व्यवसायमा प्रवेश गरेको थियो। त्यो पनि नियमित प्रक्रियाबाट नभई अदालतको आदेशबाट भएको थियो। सँगै आवेदन दिएका कम्पनीहरुले बीमा समितिबाट अनुमति पाउँदा महालक्ष्मी लाईफको सञ्चालन अनुमति भने रोकिएको थियो । झण्डै एक वर्षको संघर्षपूर्ण लडाईपछि सर्वोच्चले महालक्ष्मीलाई जीवन बीमा व्यवसाय सञ्चालन अनुमति दिन आवेदन दिएको थियो। सर्वोच्चको आदेश पछि अन्ततः महालक्ष्मीले दुई वर्ष अगाडि आजकै दिनमा जीवन बीमा क्षेत्रमा पाइला टेक्न सफल भयो।

बीमा समितिबाट व्यवसाय  संचालनको अनुमति पाएपछि कम्पनीले कमलपोखरीमा कार्यालय स्थापना गर्यो। स्थापना कालदेखिनै कम्पनीले आफुलाई अत्यन्तै चुस्तदुरुस्त तरिकाले देशका ग्रामीण भागमा बीमा सेवा प्रदान गर्ने जोश जाँगरका उभ्याएको थियो। माघ २७ गते केन्द्रिय कार्यालयका साथै देशैभरिमा छ वटा शाखा एकै पटक सञ्चालनमा ल्याएको थियो ।

प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराई भन्दछन्,” दुई वर्षमा हामी नयाँ १० कम्पनीमा उत्कृष्ठ हुन्छौ भनेर अघि बढेका थियौ, हामीले त्यो हात पार्न सफल भएका छौ, हामीले नयाँ कम्पनीहरुमध्येमा पोलिसी बीमा हाइएस्ट र उच्च बोनशदर दिएर नम्बर एक भएका छौं, अब हामी पाँच वर्षमा १९ वटै जीवन बीमा कम्पनीहरुमध्येमा उत्कृष्ठ हुनेगरी हाम्रो कार्यक्रमलाई लिएर अगाडी बढिरहेका छौं।”

शाखा तथा कर्मचारी
पाँच जना कर्मचारीबाट जीवन बीमा व्यवसाय सुरु गरेको महालक्ष्मी लाइफ इन्स्योरेन्समा हाल दुई सय १५ जना कर्मचारीहरु आवद्ध छन् । कम्पनीको हाल देशैभरि ६२ वटा शाखा तथा उप शाखा कार्यालयहरु खोलि बीमा सेवा प्रवाह गर्दै आएको छ । बीमा व्यवसायलाई निरन्तरता दिँदै आएको कम्पनीले कोरोनापछि कुनै पनि शाखा तथा उप शाखा कार्यालय स्थापना गरेको छैन ।  स्थिति सहज हुँदै गएकाले  शाखा सञ्जाल विस्तार गर्ने कम्पनीको योजना छ ।

चुस्त दुरुस्त अभिकर्ता सञ्जाल
महालक्ष्मी लाईफ इन्स्योरेन्स कम्पनीमा १६ हजार १ सय ९० जना इजजात प्राप्त बीमा अभिकर्ताहरु आवद्ध रहेका छन् । बीमा कम्पनीमा कारोबार भित्र्याउने मुख्य मेरुदण्ड अभिकर्ता नै हुन् । भट्टराइ भन्छन्, ‘अभिकर्ताहरुको भिड भन्दा पनि प्रभावकारी चुस्तदुरुस्त टिम बनाउने अभियानमा हामी जुटेका छौ ।’ अभिकर्ताको लागि कम्पनीले समय–समयमा तालिम र सोमिनार गरेर क्षमता अभिवृद्धिमा अगाडी बढिरहेको छ। कोरोनाको समयमा पनि अभिकर्तालाई जुम मार्फत  अभिकर्ता तालिम संचालन गरिएको सिइओ भट्टराईले बताए।

उनी भन्छन्, “कोरोना पनि सहज भइसकेको छ अब हामीले नेपालभरिनै बीमा सम्बन्धी तालिम तथा कार्यक्रमलाई अगाडी बढाइसकेका छौं । हाम्रो टोलि खटिरहेका छन् । हामीले रोल्पा, रुकुम जस्ता ठाउँहरुमा पनि बीमा सम्बन्धी कार्यक्रमहरु गर्दै आएका छौ। क्रमश यसलाई हामीले अभियानकै रुपमा लिएर अगाडी  बढ्छौ। ”

बीमा शुल्क आर्जनको अवस्था
कम्पनीले हालसम्म एक अर्ब ६५ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । २ अर्ब ५६ करोड रुपैयाँ लगानी गरिसकेको छ । कम्पनीले अन्य कम्पनीहरु सँग अस्वस्थ प्रतिस्पर्धा गर्नु भन्दा अर्गानिक सुधारलाई जोड दिदै आएको छ। केहि समयमा धेरै बीमा शुल्क आर्जन गरेर खोक्रो सुधार गर्नु भन्दा दिगो व्यवसाय गर्ने कम्पनीको रणनीति रहेको छ।

भावी योजना
ग्रामीण क्षेत्रमा बीमा विस्तार गर्ने, गुणत्मक बीमा कारोबार, व्यवसायिक बीमा अभिकर्ता निर्माण र प्रत्येक घरमा एउटा बीमा भावी योजना बोकेर हिडेको महालक्ष्मी लाइफ देशको कुना कन्दरा, विकट ठाउँमा बीमा विस्तार गर्ने योजनाका साथ अगाडि बढिरहेको छ। यसका लागि  विभिन्न कार्यक्रम तथा  अभियान नै सञ्चालन गरेर अघि बढ्ने योजना बनाएको छ ।

कम्पनीले गुणात्मक व्यवसाय र दिगो विकासमा विस्वास गर्ने र यो अवस्थासम्म ल्याइपुर्याउन सहयोग , सदभाव राख्ने सम्पुर्ण अभिकर्ता, बीमित, शेयरधनी, कर्मचारी, बीमा समिति लगायतकासबै पक्षलाई  दोस्रो वार्षिक उत्सवको अवसरमा बधाई दिएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS