IME Life
Beema Board

नबिल बैंकको नाफामा सामान्य गिरावट, अन्य सूचक कस्तो ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौँ । नबिल बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०७७/७८ को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा बैंकले २ अर्ब १ करोड ६० लाख २३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्षको सोही अवधिको तुलनामा बैंकको नाफा १ दशमलव २७ प्रतिशतले कमी हो । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले २ अर्ब ४ करोड १८ लाख ६१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समिक्षा अवधिमा बैंकको चुक्ता पूँजी १३ अर्ब ४८ करोड रुपैयाँ रहेको छ । जगेडा कोषमा १३ अर्ब ५२ करोड रुपैयाँ संचिती रहेको छ । बैंकको वितरणयोग्य नाफा १ अर्ब ८४ करोड २८ लाख ६१ हजार रुपैयाँ रहेको छ ।

Prabhu
Crest

दोस्रो त्रैमाससम्म आइपुग्दा बैंकको खुद व्याज आम्दानी पनि ९ दशमलव ५३ प्रतिशतले घटेर ३ अर्ब १२ करोड २६ लाख ३९ हजार रुपैयाँमा सीमित भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ३ अर्ब ४५ करोड १६ लाख ८६ हजार रूपैयाँ खुद व्याज आम्दानी गरेको थियो ।

स्रो त्रैमाससम्म आइपुग्दा बैंकको सञ्चालन मुनाफा पनि १ दशमलव ४० प्रतिशतले घटेर २ अर्ब ८६ करोड ८५ लाख ७७ हजार रुपैयाँमा झरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले २ अर्ब ९० करोड ९३ लाख ३५ हजार रूपैयाँ सञ्चालन मुनाफा गरेको थियो ।

बैंकको प्रतिशेयर आम्दानी ४० रुपैयाँ ४ पैसा रहेको छ । खराब कर्जा ० दशमलव ७५ प्रतिशतबाट घटेर ० दशमलव ६० प्रतिशतमा झरेको हो।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS