IME Life
Beema Board

नेपाल बैंकको खुद नाफा १ अर्ब माथि, अन्य सूचक कस्तो ?

SPIL
NIC ASIA
Sanima Reliance

नेपाल बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म १ अर्ब ३५ करोड ४ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ ।वित्तीय विवरण अनुसार गत वर्षको यसै अवधिको तुलनामा यो नाफा ० दशमलव १५ प्रतिशतले वृद्धि भएको हो । गत वर्ष बैंकले १ अर्ब ३५ करोड २३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

यो अवधिसम्म बैंकको वितरणयोग्य नाफा भने ६७ करोड ८२ लाख रुपैयाँ रहेको छ । संचालन मुनाफा भने गत वर्षभन्दा करीब १८ प्रतिशत वृद्धि भएको छ ।गत वर्ष १ अर्ब ७३ करोड ४६ लाख रुपैयाँ संचालन नाफा गरेको बैंकले यस वर्ष २ अर्ब ४ करोड ६२ लाख रुपैयाँ गरेको हो ।

Prabhu
Crest

यस वर्ष १२ प्रतिशत बोनस शेयर वितरणको प्रस्ताव पारित गरेको बैंकको चुक्ता पूँजी बोनसपश्चात १२ अर्ब ६३ करोड ६७ लाख ५८ हजार पु¥याएको बैंकको जगेडा कोष रकम साढे १२ प्रतिशत बढेर १५ अर्ब ५९ करोड ३४ लाख रुपैयाँ कायम भएको छ ।

निक्षेप संकलन गत वर्षभन्दा ५ दशमलव २७ प्रतिशत बढी रू. १ खर्ब ४८ अर्ब ९९ करोड ४८ लाख ६८ हजार भएको छ भने बैंकले गत वर्षभन्दा १ प्रतिशत बढी  १ खर्ब १६ अर्ब ६१ करोड ६ लाख ७० हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

गत वर्ष २ दशमलव ६६ प्रतिशत रहेको निष्क्रिय कर्जा अनुपात यस वर्ष २ दशमलव ८८ प्रतिशत पुगेको छ । बैंकको प्रतिशेयर आम्दानी ३१ रुपैयाँ ३७ पैसा र प्रतिशेयर नेटवर्थ  २५३ रुपैयाँ १८  पैसा रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS