बुद्धभुमी नेपाल हाइड्रोपावरको साधारण सभा फागुन ७ गते

काठमाडौं । बुद्धभुमी नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडले १३औं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको माघ ९ गते, शुक्रबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार कम्पनीको १३औं वार्षिक साधारण सभा फागुन ७ गते, गर्ने निर्णय गरेको छ । उक्त सभा कम्पनीको रजिष्टर्ड कार्यालय, महाराजगञ्ज, काठमाडौँमा बेलुका ३ बजेदेखि सुरू हुने बताएको छ ।

सभामा सर्वसाधारणका लागि शेयर (आइपिओ) निष्काशन गर्ने प्रस्ताव पारित गरिनेछ ।

साथै, सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गर्ने, लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गर्ने, लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डाहरू रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार