IME Life

अरुण भ्याली हाइड्रोपावरको यस्तो देखियो दोस्रो त्रैमास

SPIL
NIC ASIA

काठमाडौँ । अरुण भ्याली हाइड्रोपावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७७/७८ को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।  दोस्रो त्रैमाससम्म आइपुग्दा कम्पनीले ६ करोड ८० लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा १०२ दशमलव ०४ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३ करोड ३६ लाख ८२ हजार रूपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

कम्पनीको अन्य श्रोतबाट हुने आम्दानी १ करोड ९३ लाख रुपैयाँबाट बढेर ६ करोड ५३ लाख रूपैयाँ पुगेको छ । कम्पनीले विद्युत बिक्री मार्फत् ३ करोड ४ लाख ३३ हजार रुपैयाँ आम्दानी गरेको छ । उक्त आम्दानी गत आर्थिक वर्षको यसै अवधिको तुलनामा २५ दशमलव २३ प्रतिशतले थोरै हो । गत आर्थिक वर्षको यसै अवधिसम्ममा कम्पनीले विद्युत बिक्रीबाट ४ करोड ७ लाख रूपैयाँ आम्दानी गरेको थियो ।

Prabhu
Crest

कम्पनीको चुक्ता पूँजी ९९ करोड ८३ लाख रुपैयाँ र जगेडा कोषमा १४ करोड ४३ लाख रूपैयाँ संचिती रहेको छ । कम्पनीको प्रतिशेयर आम्दानी १३ रुपैयाँ ७७ पैसा छ । कम्पनीको प्रतिशेयर नेटवर्थ ११४ रुपैयाँ ४६ पैसा रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS