IME Life
Beema Board

निर्जिवन बीमा कम्पनीमाथि कोरोना बीमाको दायित्व अत्यन्तै न्यून, पुनर्बीमा, बीमा समिति र सरकारमाथि अर्बौको दायित्व

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । विवादित कोरोना बीमाको दावी भुक्तानी समयमा नपाएको गुनासो अझै व्याप्त छ । यद्यपि बीमा समिति, अर्थमन्त्रालय र बीमा पुलको तीव्र गतिमा दावी भुक्तानी दिने क्रम जारी छ । हालसम्म साढे दुई अर्ब रुपैयाँ भन्दा बढि दावी भुक्तानी भइसकेको कोरोना बीमाको दायित्व निर्जिवन बीमा कम्पनीहरुमाथि सारै न्यून पर्ने देखिएको छ ।

कोरोना बीमा मापदण्ड २०७७ अनुसार कूल एक अर्बको दायित्व बहन गरेका निर्जिवन बीमा कम्पनीहरुले बीमा शुल्कसहितको एक अर्बको दायित्व बहन गरेको दावी गरेका छन् । सो दावीलाई सत्य मान्ने हो भने कोरोना बीमामा नेपालका कुनै पनि बीमा कम्पनीहरुले कूल प्रति कम्पनी एक करोड भन्दा न्यून दायित्व पर्ने देखिएको छ । हालसम्म संकलित बीमा शुल्क एक अर्बभन्दा माथि पुगिसकेको छ । सोबाट पुनर्बीमा कम्पनीलाई पठाउने २० प्रतिशत शुल्क कटाएको अवस्थामा निर्जिवन बीमा कम्पनीहरुमाथि अत्यन्तै न्यून भार पर्ने देखिएको छ ।

Prabhu
Crest

उता, पुनर्बीमा कम्पनीले भने एक अर्ब दायित्व बहन गरेको अवस्थामा निकै ठूलो रकम दायित्व बापत बहन गर्नुपर्ने भएको छ । पुनर्बीमा कम्पनीले ८० करोड रुपैयाँ सो भन्दा बढि दायित्व बहन गर्नुपर्ने देखिएकोेछ ।

कोरोना बीमा पोलिसीको बिक्री अझै जारी रहेको र बीमा दावी पर्ने क्रम समेत जराी रहेकोले अहिले नै अन्तिम दायित्व निर्धारण गर्न सम्भव छैन । अहिलेसम्मको कोरोना बीमा शुल्क संकलन र बीमा दावीको आधारमा गणना गर्दा बीमा कम्पनी पानी माथिको ओभानो हुने सम्भावना देखिएको छ भने पुनर्बीमा कम्पनी, बीमा समिति र नेपाल सरकारमाथि चर्को आर्थिक भार पर्ने देखिएको छ ।

कोरोना बीमा मापदण्ड २०७७ अनुसार बीमा समितिले एक अर्ब रुपैयाँको दायित्व बहन गर्नुपर्ने छ भने साढे तीन अर्बभन्दा माथिको दायित्व नेपाल सरकारले व्यहोर्नुपर्नेछ । सो आधारमा नेपाल सरकारले मात्रै तीन अर्बभन्दा माथि दायित्व बहन गर्नुपर्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS