IME Life

एक बीमा कम्पनी सहित पाँच कम्पनीले मागे ठुलो संख्यामा कर्मचारी, शैक्षिक योग्यता कति ?

SPIL
NIC ASIA

काठमाडौं । बैंक, वित्तीय संस्था तथा बीमा कम्पनीलेहरुले विभिन्न पदका लागि कर्मचारीको माग गरेका छन् । अहिले सानिमा बैंक, सिन्धु विकास बैंक, लक्ष्मी लघुवित्त, महिला लघुवित्त र महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले विभिन्न पदका लागि कर्मचारीको माग गरेका छन् । महालक्ष्मी लाइफ ईन्योरेन्स कम्पनीमा भने आवेदन दिने अन्तिम समय भोलि रहेको छ ।

सानिमा बैंक : सानिमा बैंक लिमिटेडले कर्मचारीको माग गरेको छ । बैंकले एक जना हेड लिगलका लागि कर्मचारीको माग गरेको छ । ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले माघ ७ गतेभित्र आवेदन दिन सक्नेछन् ।

Prabhu
Crest

लक्ष्मी लघुवित्त : लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । संस्थाले प्रविधि सहायक र केही कनिष्ठ सहायकका लागि कर्मचारीको माग गरेको हो ।

संस्थाले आफ्नो विभिन्न शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको जनाएको छ । ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले माग १५ गतेभित्र आवेदन दिन सक्नेछन् ।

सिन्धु विकास बैंक : सिन्धु विकास बैंक लिमिटेडले कर्मचारीको माग गरेको छ । बैंकले एक जना डेपुटि चिफ एक्जुकेटिभ र केही ब्रान्च हेडका लागि कर्मचारीको माग गरेको जनाएको छ ।

बैंकले आफ्नो केन्द्रीय कार्यालय तथा विभिन्न शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको जनाएको छ । ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले माघ ११ गतेभित्र आवेदन दिन सक्नेछन् ।

महिला लघुवित्त : महिला लघुवित्तले कर्मचारीको माग गरेको छ । संस्थाले केहि कनिष्ठ सहायक (शाखा कार्यालय प्रमुख) र केहि कनिष्ठ सहायक प्रक्षिक्षार्थिका लागि कर्मचारीको माग गरेको हो ।

कम्पनीले १८ वर्ष पुरा भई ३५ वर्ष ननाघेका योग्य तथा ईच्छुक उम्मेदवारहरुलाई इमेल मार्फत १५ दिन भित्र आवेदन दिन आग्रह गरेको छ ।

महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी : महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । कम्पनीले ब्रान्च म्यानेजरका लागि १० जना, मार्केटिङ असिस्टेन्टका लागि २० जना र असिस्टेन्टका लागि २० जना कर्मचारीको माग गरेको जनाएको छ ।

कम्पनीले आफ्नो विभिन्न शाखा कार्यालय तथा उप शाखा कार्यालयका लागि कर्मचारीको माग गरेृको जनाएको छ । ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले जनवरी १२ भित्र आवेदन दिइसक्नुपर्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS