IME Life
Beema Board

सूचिकृत कम्पनीका शेयरमा निर्जिवन बीमा कम्पनीको झण्डै पाँच अर्ब लगानी

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । हाल संचालनमा रहेका २० वटा निर्जीवन बीमा कम्पनीहरुले सूचीकृत कम्पनीको साधारण शेयरमा ४ अर्ब ७० करोड रुपैयाँ भन्दा बढि लगानी गरेका छन् । बीमा समितिले तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा २० वटा निर्जीवन बीमा कम्पनीहरुले पुँजि ४ अर्ब ७० करोड २ लाख २४ हजार रुपैयाँ सूचीकृत कम्पनीको साधारण शेयरमा लगानी गरेका हुन् ।

समितिले उपल्बध गराएको तथ्याङ्क अनुसार पहिलो त्रैमासको अवधिसम्ममा सबैभन्दा धेरै शेयरमा लगानी गर्ने कम्पनीमा राष्ट्रिय बीमा कम्पनी रहेको छ । कम्पनीले पहिलो त्रैमासको अवधिसम्ममा सूचीकृत कम्पनीको साधारण शेयरमा ८५ करोड ९५ लाख २४ हजार रुपैयाँ लगानी गरेको छ ।

Prabhu
Crest

दोस्रोमा शिखर इन्स्यारेन्सले सबैभन्दा बढी रकम लगानी गरेको छ । कम्पनीले यस अवधिसम्ममा ३४ करोड ७६ लाख ९१ हजार रुपैयाँ लगानी गरेको छ । तेस्रोमा प्रिमियर इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले यस अवधिसम्ममा ३३ करोड ८१ लाख रुपैयाँ शेयरमा लगानी गरेको छ ।

प्रिमियर, नेपाल इन्स्योरेन्स, सगरमाथा र पु्रडेन्सियल इन्स्योरेन्सले पनि शेयरमा रकम लगानी गरेका छन् । त्यस्तै सबैभन्दा कम लगानी गर्ने कम्पनीमा अजोड र सानिमा जनरल रहेको छ ।
निर्जीवन बीमा कम्पनीमध्ये सूचीकृत कम्पनीको साधारण शेयरमा कम रकम लगानी गर्ने सानिमा जनरल इन्स्योरेन्स कम्पनी रहेको छ । यस अवधिमा कम्पनीले १० लाख रुपैयाँ मात्रै लगानी गरेको छ । अजोड इन्स्योरेन्सले ९० लाख रुपैयाँ सूचीकृत कम्पनीको साधारण शेयरमा लगानी गरेको छ ।

Source : Beema Samiti

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS