IME Life
Beema Board

आरएसडीसी लघुवित्तको लाभांश आज पारित हुँदै, यस्ता छन् अन्य प्रस्ताव

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आरएसडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडको वार्षिक साधारण सभा हुँदैछ । संस्थाको मंसिर २८ गते बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार संस्थाको सातौँ वार्षिक साधारण सभा एशियन होटेल, कालिकानगर, रूपन्देहीमामा भर्चुअल माध्यमबाट सञ्चालन हुने जनाएको छ ।

सभामा संस्थाको असोज २४ गते, शनिबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार संस्थाका शेयरधनीहरूलाई ९ प्रतिशत बोनस शेयर र ३ दशमलव ६३ प्रतिशत नगद लभांश (बोनस शेयरको कर प्रयोजनार्थ समेत) वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

Prabhu
Crest

साथै, सभामा संस्थाको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७६/७७ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डाहरू रहेका छन् ।

त्यसैगरी, संस्थाले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि पुस १० गते बुक क्लोज गरेको थियो । त्यसैले, पुस ९ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS