IME Life
Beema Board

महिला लघुवित्तको एजिएम आज, आइपीओ निष्काशन प्रस्तावसँगै अन्य एजेण्डा यस्ता

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले आज पुष २४ गते वार्षिक साधारण सभा आह्वान गरेको छ । संस्थाको पुष २ गते, बिहीबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार संस्थाको उक्त सभाको मिति तय भएको हो ।

उक्त सभा संस्थाको रजिष्टर्ड कार्यालय, साँगा, काभ्रेमा बिहान ११ बजेबाट भर्चुअल माध्यमबाट सञ्चालन हुने जनाएको छ ।

Prabhu
Crest

सभामा संस्थाले निष्काशन गर्न लागेको हकप्रद तथा साधारण शेयर सम्बन्धी कार्यहरु अनुमोदन गरिने एजेण्डा छ । संस्थाले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ४ करोड रूपैयाँ बराबरको ४ लाख कित्ता साधारण शेयर ९आइपिओ० निष्काशन तथा बिक्री खुल्ला गर्नका लागि मंसिर ३ गते, बुधबार नै नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन पेश गरिसकेको छ ।

संस्थाको उक्त साधारण शेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेडले गर्नेछ ।

सभामा संस्थाको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७६/७७ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डाहरूरहेका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS