IME Life
Beema Board

एलआईसी नेपालको अत्याधुनिक शिक्षालय उद्घाटन, आवासिय सुविधासहित अभिकर्ता र कर्मचारीले तालिम लिन पाउने

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेपालमा पहिलो पटक बीमा कम्पनीले स्थायी रुपमा तालिम केन्द्र स्थापना गरी सञ्चालनमा ल्याएको छ । एलआईसी नेपालले काठमाडौंको नक्सामा स्थापना गरेको तालिम केन्द्र सो कम्पनीका सिईओ लक्ष्मी प्रसाद दासले औपचारिक रुपमा उद्घाटन गरेका छन् ।
आवासिय सुविधा सहितको तालिम केन्द्र आजबाट सञ्चालनमा आएको कम्पनीका तालिम केन्द्रका म्यानेजर बिनोद कुमार भुजेलले जानकारी दिए ।

एलआईसी नेपालका सिईओ लक्ष्मी प्रसाद दासले काठमाडौंको नक्सालमा ‘एलआईसी शिक्षालय’को उद्घाटन गर्दै बीमाको जनचेतना फैलाउन दक्ष अभिकर्ता, एजेन्सी कर्मचारी उत्पादन गर्ने उद्देश्यले तालिम केन्द्र सञ्चालन गरिएको बताए । उनले तालिम केन्द्र सञ्चालनमा आएपछि कम्पनीले बीमा व्यवासयको अतिरिक्त बीमा जनचेतना जगाउने कार्यमा समेत थप प्रभावकारी हुने विश्वास व्यक्त गरेका छन् ।

Prabhu
Crest

सिईओ दासले कम्पनीले नियमित रुपमा अभिकर्ता, एजेन्सी म्यानेजर तथा कर्मचारीहरुको लागि दक्षता अभिबृद्धि गर्ने उद्देश्यले अत्याधुनिक र सुविधा सम्पन्न तालिम सेन्टर सञ्चालनमा ल्याइएको बताए । जीवन बीमा सम्बन्धी जनचेतना अभिबृद्धि गर्ने तथा कर्मचारीहरुमा दक्षता अभिबृद्धि गर्ने उद्देश्यले तालिम सञ्चालन गर्न स्थायी रुपमा तालिम केन्द्र सञ्चालन गरिएको कम्पनीले जनाएको छ ।

कम्पनी सचिव बिनोद कुमार भुजेललाई एलआईसी शिक्षालयको ट्रेनिङ म्यानेजरको रुपमा नियुक्त गरेको कम्पनीले जनाएको छ । कम्पनीले व्यक्तित्व विकास सम्बन्धी तालिम नियमित रुपमा सञ्चालन हुने भएकोले अभिकर्ता, एजेन्सी तथा कर्मचारीहरुलाई आफू कार्यरत शाखाबाट जानकारी लिन समेत आग्रह गरेको छ ।

भविष्यमा तालिम इन्टिच्यूटको रुपमा विकास गर्ने लक्ष्यसहित एलआईसी शिक्षालय शुभारम्भ गरिएको सो कम्पनीले जनाएको छ । स्थायी संरचनासहित अत्याधुनिक तालिम केन्द्र सञ्चालन गर्ने एलआईसी नेपाल पहिलो कम्पनी हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS