SKIP THIS

GBIME
IME Life
Beema Board

पहिलो दिन प्रभु लाईफ इन्स्योरेन्स कम्पनीको १२० कित्ता शेयर कारोबार, यस्तो छ आजको फ्लोससिट

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । प्रभु लाईफ इन्स्योरेन्स कम्पनीको प्राथमिक शेयरको आज पहिलो दिन कारोबार भएको छ । अधिकतम् मूल्य भन्दा निकै तल र न्यूनतम भन्दा केही माथि प्रतिकित्ता १३७ रुपैयाँमा पहिलो खरिद बिक्री भएको प्रभु लाईफ इन्स्योरेन्स कम्पनीको शेयर मूल्य कूल १२ वटा कारोबारमार्फत १२० वटा मात्रै कारोबार भएको छ । उक्त कारोबार पनि एउटै कम्पनीले खरिद बिक्री गरेको देखिएको छ ।

प्रभु लाईफको पहिलो आठ वटा शेयर कारोबार ५८ नम्बर ब्रोकरबाट बिक्री गरी ३८ नम्वर ब्रोकरबाट खरिद गरिएको छ । त्यस्तै, ४४ नम्वर ब्रोकरबाट बिक्री गरी ४८ नम्बरबाट खरिद गरिएकोछ । उक्त शेयरहरु बाहिर सर्वसाधारणले खरिद गरेको नभई कम्पनीहरुका बीचम मिलाएर खरिद गरेको आशंका गरिएको छ । जसका ३२८ रुपैयाँ अधिकतम् मूल्य तोकिएको शेयरको मूल्य १३७ रुपैयाँ कारोबार भएको छ । प्रभु लाईफ इन्स्योरेन्सको शेयर मुल्य आज चार रुपैयाँ प्रतिकत्तामा बृद्धि भएको छ । प्रभु लाईफको शेयर १३७ रुपैयाँमा पहिलो कारोबार भएकोमा १३७ हुँदै १४१ रुपैयाँ पुगेको हो ।

Prabhu
Crest

कतिपयले ब्रोकर कम्पनीहरुले जबरजस्ती न्यून मूल्य राखेर कारोबार गराएको आरोप समेत लगाएका छन् । साथै कतिपयले एउटै व्यक्तिले विभिन्न व्यक्तिहरुको नाममा शेयर खरिद गरी आफ्नो नाममा नामसारी गर्ने क्रममा कर बढि नतिर्ने उद्देश्यले न्यून मूल्य राखी कारोबार गराएको हुनसक्ने आशंका गरेका छन् ।

आज पहिलो दिन धेरै बिक्रीकर्ता नभएकोले खरिद कर्ता निश्चित भएपछि मात्रै बिक्रीकर्ताको रुपमा शेयर बिक्री गरेको हुनसक्ने बताइन्छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS