IME Life
Beema Board

प्रभु लाइफको शेयर कारोबार शुरु, किन भयो १३७ रुपैयाँमा कारोबार ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । दोस्रो बजार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आजदेखि प्रभु लाइफ इन्स्योरेन्स कम्पनीको पहिलो कारोबार भएको छ ।प्रि म्याचिङ हुँदा कम्पनीको कारोबार प्रति कित्ता १ सय ३७ रूपैयाँमा भएको छ । कम्पनीको १० कित्ता शेयर प्रति कित्ता १३७ रूपैयाँमा भएको हो । शुक्रबार कम्पनीको २ करोड कित्ता साधारण शेयर (आइपिओ) धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम नेप्सेमा कारोबार हुन सक्ने गरी सूचीकृत भएको थियो ।

नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि कम्पनीको शेयर न्यूनतम १०९.५६ रुपैयाँ देखि अधिकतम ३२८.६८ रुपैयाँ ओपनिङ रेन्ज तोकिएको थियो । कम्पनीको आइपिओलाई शेयर कारोबार गर्न पिएलआई संकेत प्रदान गरिएको छ ।

Prabhu
Crest

बीमा कम्पनीहरुको पहिलो शेयर कारोबार अधिकतम् मूल्यमा हुने गरेकोमा आज प्रभु लाईफ इन्स्योरेन्स कम्पनीको शेयर कारोबार भने न्यूनतम मूल्यमा भएको छ । यसबाट कम्पनीको शेयर कारोबारमा सेटिङ भएको अनुमान गरिएको छ । अधिकतम् मूल्यमा कारोबार हुनुपर्नेमा न्यूनतम् मूल्यमा कारोबार हुनुले शेयर बजारमा आशंका जन्माएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS