IME Life
Beema Board

राष्ट्रिय वाणिज्य बैंकले बेलबारी नगरपालिकाका व्यवसायीलाई सहुलियतपूर्ण कर्जा दिने

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले मोरङ्गको बेलबारी नगरपालिकाका व्यवसायीलाई सहुलियतपूर्ण कर्जा दिने भएको छ । यसै सम्बन्धमा बैंक र नगरपालिकाबीच आइतबार सम्झौता भएको छ ।

सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) किरणकुमार श्रेष्ठ र नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदीले हस्ताक्षर गरेका हुन् ।

Prabhu
Crest

सम्झौता अनुसार नगरपालिकाले उद्यम तथा व्यवसाय गर्न सम्भाव्य र इच्छुक समुहलाई परामर्श तथा उद्यमशीलता सम्बन्धी आवश्यक तालिमको व्यवस्थापन गर्ने छ । यसरी तालिम प्राप्त उद्यमीरुको ५।५ जनाको समूह बनाई सहकार्य समूह, उद्यमी, फर्म, कम्पनी, तथा सहकारीहरुलाई कर्जाका लागि बैंकको शाखामा नगरपालिकाले सिफारिस गर्ने छ ।

नगरपालिकाले सिफारिश गरेका उद्यमीहरुलाई बैंकले नियमानुसार प्रत्येक समूहलाई अधिकतम पाँच लाख रुपैयाँसम्म सहुलियपूर्ण कर्जा अन्तर्गत कर्जा लगानी गर्ने बैंकले बताएको छ ।

कार्यक्रममा बैंंकका सीईओ श्रेष्ठले बैंकले आफ्नो कूल कर्जाको एक प्रतिशत बराबर रकम सहुलियतपूर्ण कर्जा प्रवाह गर्ने लक्ष्य लिएको र यस्तो कर्जाले देशलाई उत्पादनसंग जोड्न सघाउ पुर्याउने बताए । यस्तै उनले कर्जा तिर्नुनपर्ने भन्ने मानसीकता कसैले राख्न नहुने समेत बताए ।

त्यस्तै, नगर प्रमुख सुवेदीले यस्ता कर्जाले नगरबासीको आर्थिक, सामाजिक तथा सांस्कृतिक पक्षकै आधारभूत रुपमा विकास गर्न सघाउ पुग्ने बताए । उक्त कार्यक्रममा बैंकका उपकार्यकारी अधिकृत देवेन्द्ररमण खनालले बैंकले राज्यले अबलम्बन गरेको नीतिलाई सहयोग पुग्ने गरी बैंकले विभिन्न संघ सस्थाहरुसँग सम्झौता गरी सहुलियतपूर्ण कर्जा प्रवाह गरिरहेको जानकारी दिए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS