IME Life
Beema Board

सनराइज बैंकको साधारणसभा पुस २४ गते, ८.२८ प्रतिशत लाभांश पारित हुने

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । सनराइज बैंकको बार्षिक साधारणसभा आगामी पुस २४ गते हुने भएको छ । कूल ८.२८ प्रतिशत लाभांश दिने घोषणा गरेको बैंकले पुस २४ गते बिहान १० बजे काठमाडौंको बालुवाटारस्थित आम्रपाली ब्याङ्क्वेटमा साधारणसभा सभा आह्वान गरेको हो ।

यसअघि बैंकहरुले डिजिटल माध्यमबाट साधारणसभा आयोजना गर्दै आएकोमा सनराईज बैंकले पार्टी प्यालेसमा साधारणसभा घोषणा गरेको हो ।

Prabhu
Crest

बैंकले आर्थिक वर्ष ७६।७७ को मुनाफाबाट ५.८० प्रतिशत बोनस शेयर र २.४८ प्रतिशत नगद लाभांश गरी कुल ८.२८ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरी राष्ट्र बैंकबाट समेत अनुमति लिई सकेको छ । उक्त लाभांश साधारणसभाबाट पारित भएपछि वितरण गरिने कम्पनीले जनाएको छ । कूल चुक्ता पुँजी ८ अर्ब ९६ करोड ७८ लाख रहेको बैंकको साधारणसभामा वित्तीय विवरण पारित गर्ने लगायतका नियमित एजेण्डाहरुसहित प्रबन्धपत्र नियमावली संशोधन गर्दैछ ।

बैंकले साधारणसभा प्रयोजनको लागि पुस ७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस ६ गतेसम्म कायम शेयरधनीले मात्र साधारणसभामा भाग लिन तथा प्रस्तावित लाभांश पाउन सक्ने बैंकले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS