IME Life

एमडिआरटीको लक्ष्य पुर्याउने अन्तिम कसरतमा अभिकर्ताहरु, कोभिडले लक्ष्य घटाएपछि बीमाकर्मीहरु उत्साहित

SPIL
NIC ASIA

काठमाडौं । जीवन बीमा कम्पनीमा कार्यरत एक लाख भन्दा बढि सक्रिय अभिकर्ताहरु एमडिआरटीको टार्गेट पुर्याउन व्यस्त बनेका छन् । त्यसो त हजारौं एजेन्सी तथा अभिकर्ताहरु यसअघि नै एमडिआरटीमा क्वाईलिफाईड भइसकेका छन् । नेपालमा पाँच लाख भन्दा बढि अभिकर्ताहरु भएपनि सक्रिय अभिकर्ताको संख्या एक लाख हाराहारी मात्रै छ ।

एमडिआरटीमा क्वालिफाईड हुन बाँकी रहेका अभिकर्ताहरु अन्तिम कसरतमा रहेका छन् । आगामी पुस १६ अर्थात डिसेम्वर ३१ सम्ममा एमडिआरटीको लक्ष्य पुर्याउने अभिकर्ताहरुले मात्रै आगामी वर्षको एमडिआरटीमा भाग लिन पाउने गरी क्वालिफाईड हुने हुँदा यतिबेला जीवन बीमा व्यवसायमा एमडिआरटीको रन्कोले छोएको छ । एमडिआरटीमा टार्गेट पुर्याउने अन्तिम समय आउन जम्मा २७ दिन बाँकी छँदा अभिकर्ता तथा एजेन्सीहरु एमडिआरटीको दवावमा परेका हुन् ।

Prabhu
Crest

जीवन बीमा प्रोफेशनलहरुको अन्तर्राष्ट्रिय फोरम एमडिआरटीमा हरेक अंग्रेजी वर्ष जनवरी १ देखि डिसेम्वर अन्तिम ३१ सम्म तोकिएको बीमा शुल्क ३० लाख १२ हजार रुपैयाँ संकलन गर्ने अभिकर्ताहरु उक्त सम्मेलनमा भाग लिन पाउनेछन् । मिलियन डलर राउण्ड टेवल अर्थात एमडिआरटी नाम दिइएको सो सम्मेलन हरेक वर्ष फरक फरक देशमा कार्यक्रम आयोजना गरिन्छ । अमेरिकाको चिकागोमा मुख्यालय रहेको एमडिआरटीमा क्वालिफाईड भएपछि उसले अर्को वर्ष आयोजना गर्ने सम्मेलनमा भाग लिन पाउने व्यवस्था छ । नेतृत्व विकास र क्षमता अभिबृद्धिका लागि एमडिआरटी उत्कृष्ट अन्तर्राष्ट्रिय प्लेटफर्म हो ।

यसवर्ष कोरोना महामारीका कारण एमडिआरटी क्वालिफाईड हुन आवश्यक बीमा शुल्क तथा कमिशनको टार्गेट घटाएको छ । यस वर्ष कूल ३० लाख १२ हजार रुपैयाँ बीमा शुल्क संकलन गर्नेले एमडिआरटीमा क्वालिफाईड हुने व्यवस्था गरिएको छ । गत वर्ष एमडिआरटीमा क्वालिफाईड हुनको लागि ४४ लाख ३० हजार रुपैयाँ बीमा शुल्क संकलन गर्नुपर्ने व्यवस्था थियो । यस वर्ष एमडिआरटीको लक्ष्य घटाइएकोले समेत अभिकर्ता तथा एजेन्सीहरु उत्साहित हुँदै लक्ष्य भेट्टाउन सक्रिय बनेका छन् ।

सन् १९२७ मा संस्थापना भएको एमडिआरटी बीमा अभिकर्ताहरुको लागि अन्तर्राष्ट्रिय प्लेटफर्मममा भाग लिन उपयुक्त अवसर भएको नेशनल लाईफ इन्स्योरेन्सका नेपाल टप एजेन्सी शंकर लामिछाने अशान्त बताउँछन् । गत वर्षको कारोबारबाट यस वर्ष आयोजना हुने एमडिआरटी आयोजना हुने नहुने अझै निश्चित भएको छैन । एजेन्सी म्यानेजर लामिछानेले एमडिआरटीमा भाग लिँदा अभिकर्ताहरुको मनोबद्ध उच्च हुनुको साथै अन्तर्राष्ट्रिय बीमा अभिकर्ताहरुसँग अनुभव आदान प्रदान हुने हुँदा व्यवसाय बृद्धिमा समेत भूमिका निर्वाह गर्ने अनुभव सुनाए । एमडिआरटीमा ७० देशका ५०० भन्दा बढि कम्पनीहरु आबद्ध छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS