IME Life
Beema Board

प्रभु लाईफ इन्स्योरेन्सको दुई करोड कित्ता शेयर सूचिकरणको लागि नेप्सेमा दर्ता, अर्को साताबाट करोबार

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कम्पनीको कूल दुई करोड कित्ता शेयर सूचिकरणको लागि आज नेप्सेमा निवेदन दर्ता भएको छ ।

सर्वसाधारण समुहको कूल ६० लाख कित्ता र संस्थापक शेयर एक करोड ४० लाख कित्ता गरी कूल दुई अर्ब रुपैयाँ बराबरको दुई करोड कित्ता शेयर सूचिकरण भई कारोबारको लागि नेप्सेमा निवेदन दर्ता गरेको प्रभु लाईफ इन्स्योरेन्स कम्पनीले जनाएको छ ।

Prabhu
Crest

कम्पनीका प्रमुख कार्यकारी अधिकृत नारायण प्रसाद पौडेलले आगामी साताभित्र नेप्से र सिडिएससीमा सूचीकरण सम्पन्न गर्ने गरी प्रक्रिया अघि बढाएको बताए । सिडिएससीमा केही प्रक्रिया पुरा गरेपछि प्रभु लाईफको शेयर आगामी साताबाट कारोबार हुने जनाइएको छ ।

प्रभु लाईफ इन्स्योरेन्स कम्पनीको शेयर लगानीकर्ता पाँच लाख ४० हजार भन्दा बढि छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS