IME Life
Beema Board

जीवन बीमा कोषमा बीमा शुल्कको योगदानको आधारमा एशियन लाईफ उत्कृष्ट, नेपाल लाईफ इन्स्योरेन्समा व्यवस्थापन खर्च प्रतिशत सबैभन्दा कम

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । जीवन बीमा कोषमा बीमा शुल्कको योगदानको प्रतिशत विश्लेषणलाई कम्पनीहरुको अवस्थाको ऐना मानिन्छ । यही शैलीले गरिएको विश्लेषण तथा तुलनात्मक अध्ययनमा एशियन लाईफ इन्स्योरेन्स कम्पनी झण्डै शत प्रतिशत योगदान सहित उत्कृष्ट देखिएको छ ।
चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरणमा कम्पनीहरुले सार्वजनिक गरेको तथ्याङ्कको विश्लेषण गरेर हेर्दा व्यवस्थापन खर्च प्रतिशतको आधारमा नेपाल लाईफ इन्स्योरेन्स सबैभन्दा न्यून खर्च प्रतिशत सहित कम देखिएको हो ।

बीमा कम्पनीले आर्जन गर्ने कूल बीमा शुल्कमा कम्पनीहरुले गरेको खर्चको घटाएर जीवन बीमा कोषमा पुर्याएको योगदानको आधारमा विश्लेषण गर्दा पुराना कम्पनीहरुलाई चुनौति दिँदै नयाँ कम्पनीहरु निकै अगाडि देखिएको छ । ज्योति लाईफ इन्स्योरेन्स कम्पनीले सबैभन्दा ठूलो कम्पनी नेपाल लाईफ इन्स्योरेन्स कम्पनीलाई जित्न सफल भएको छ भने कान्छो कम्पनी महालक्ष्मी लाईफ इन्स्योरेन्स पनि ८ औं नम्वरमा देखिएको छ । पुराना कम्पनी भन्दा सानिमा लाईफ, सन नेपाल लाईफ, प्रभु लाईफ र रिलायबल लाईफ कम्पनी पनि पुराना कम्पनीभन्दा अगाडि देखिएको छ ।

Prabhu
Crest

गत आर्थिक वर्षको असोज मसान्त सम्मको अवस्था विश्लेषण गर्दा एशियन लाईफ इन्स्योरेरन्स कम्पनी ९८.५१ प्रतिशतसहित पहिलो स्थानमा छ । त्यस्तै, गुराँस लाईफ इन्स्योरेन्स कम्पनी ८७.६१ प्रतिशतसहित दोस्रो स्थानमा छन भने प्राईम लाईफ ८३.५९ प्रतिशत सहित तेस्रो स्थानमा छ ।

त्यस्तै, जीवन बीमा कोषमा बीमा शुल्कको योगदानमा नेशनल लाईफ ७९.२२, सूर्या लाईफ ७६.०९, ज्योति लाईफ ७३.३८, नेपाल लाईफ ६७.५३ र महालक्ष्मी लाईफ ६५.८५ प्रतिशत छ ।

सन नेपाल लाईफ ६४.६८, सानिमा लाईफ ६५.३४, प्रभु लाईफ ६२.०२, रिलायबल नेपाल लाईफ ६१.८७ प्रतिशत जीवन बीमा कोषमा बीमा शुल्कको योगदान हुँदा एलआईसी नेपालको ६०.०२ प्रतिशत योगदान रहेको छ ।

गत असोज मसान्त सम्मको वित्तीय विवरणमा आधारित तथ्याङ्कमा सबैभन्दा बढि व्यवस्थापन खर्च प्रभु लाईफ इन्स्योरेन्स कम्पनीको छ । सो कम्पनीको २७ प्रतिशत, सिटिजन लाईफ र रिलायन्स लाईफको १८, आईएमई लाईफको १७ र सानिमा लाईफ इन्स्योरेन्सको व्यवस्थापन खर्च १४ प्रतिशत रहेको देखिएको छ ।

हेरौं तथ्याङ्क

जीवन बीमा कोषमा बीमा शुल्कको योगदानको विश्लेषण चालु आर्थिक वर्षको पहिलो त्रैमासमा आधारित

बीमा शुल्कको योगदान व्यवस्थापन       खर्च
१. एशियन लाईफ इन्स्योरेन्स               ९८.५१                  ७
२. गुराँस लाईफ इन्स्योरेन्स               ८७.६१                    १०
३. प्राईम लाईफ इन्स्योरेन्स               ८३.५९                    १२
४. नेशनल लाईफ इन्स्योरेन्स             ७९.२२                     ८
५. सूर्या लाईफ इन्स्योरेन्स                 ७६.०९                    ११
६. ज्योति लाईफ इन्स्योरेन्स                ७३.३८                  ११
७. नेपाल लाईफ इन्स्योरेन्स                  ६७.५३                  २
८. महालक्ष्मी लाईफ इन्स्योरेन्स            ६५.८५                –
९.सन नेपाल लाईफ इन्स्योरेन्स            ६४.६८                 २०
१०. सानिमा लाईफ इन्स्योरेन्स            ६५.३४                  १४
११. प्रभु लाईफ इन्स्योरेन्स                    ६२.०२                 २७
१२. रिलायबल लाईफ इन्स्योरेन्स         ६१.८७                  १०
१३. एलआईसी नेपाल                         ६०.०३                   ३
१४. आईएमई लाईफ इन्स्योरेन्स           ५४.३५                 १७
१५. युनियन लाईफ इन्स्योरेन्स             ५१.४६                  १२
१६. मेट लाईफ इन्स्योरेन्स                  ४०.५७                   ११
१७. सिटिजन लाईफ इन्स्योरेन्स          ४०.२२                    १८
१८. रिलायन्स लाईफ इन्स्योरेन्स           ९.३५                     १८

स्रोतः सम्बन्धित कम्पनीहरुले प्रकाशन गरेको वित्तीय विवरण

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS