SKIP THIS

GBIME
IME Life
Beema Board

युनाईटेड इदी मर्दीको आईपिओमा पहिलो दिनमै ११ लाख कित्ताको लागि आवेदन

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । हाईड्रोपावरको शेयरमा सर्वसाधारणको आकर्षण कम भएको भन्दै चर्चा चलिरहेको बेला आजदेखि आईपिओ जारी गरेको युनाईटेड इदी मर्दी हाईड्रोपावरको आईपिओमा पहिलो दिनमा नै ११ लाख ३८ हजार २६० कित्तामा आवेदन परेको छ ।

आजदेखि सुरु भएको आईपिओमा बुधबार अपरान्ह ४ः३० बजेसम्ममा कूल ५२ हजार ८८१ जना आवेदकले ११ करोड ३८ लाख २६ हजार रुपैयाँ बराबरको आवेदन परेको कम्पनीले जनाएको छ । बिक्री प्रबन्धक ग्लोबल आर्ईएमई क्यापिटलका अुनसार कूल आठ लाख ७३ हजार ९१० कित्तामा आवेदन माग गरिएकोमा पहिलो दिनमा माग भन्दा बढि अर्थात ११ लाख भन्दा बढि आवेदन परेको छ ।

Prabhu
Crest

आजदेखि बिक्री सुरु भएको आईपिओमा आगामी मंसिर ७ गतेसम्म आवेदन दिन पाईनेछ । कम्पनीले स्थानीयबासीलाई आरक्षणसहित दिएको शेयर पूरा बिक्री नभएपछि स्थानीयले नकिनेको २ लाख ४३ हजार ९१० कित्ता सेयरसमेत थप गरी कुल ८ लाख ७३ हजार ९१० कित्ता सेयर खुला गरेको हो । यसमध्ये ४३ हजार ६९६ कित्ता सेयर म्युचुअल फन्डलाई बाँडफाँट गरिएको छ । यस्तै, कर्मचारीका लागि १७ हजार ४७८ कित्ता सेयर छुट्याइएर बाँकी रहेको आठ लाख १२ हजार ७३६ कित्तामा सर्वसाधारणले गोलाप्रथाको माध्यमबाट पाउनेछन् ।

केयर रेटिङ नेपालले यसलाई ग्रेड ४ रेटिङ दिएको आईपिओ न्यूनतम १० कित्ता देखि अधिकतम १००० कित्तासम्म आवेदन पाइनेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS