IME Life
Beema Board

लुम्बिनी जनरल इन्स्योरेन्सको वित्तीय विवरण सार्वजनिक, यस्तो देखियो वित्तीय अवस्था

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्सले चालु आर्थिक वर्षको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीको असोज मसान्तसम्मको वित्तीय विवरणमा मुनाफा, खुद बीमा शुल्क आर्जन दुवै बृद्धि भएको देखिएको छ ।

एनएलजी इन्स्योरेन्स कम्पनीको खुद बीमा शुल्क आर्जनमा सामान्य सुधार भएको छ । कम्पनीले १९ करोड ७८ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो वर्ष १९ करोड ३९ लाख खुद बीमा शुल्क आर्जन गरेको कम्पनीले चालु आवको प्रथम त्रैमासमा सामान्य सुधार गर्न सफल भएको हो ।

Prabhu
Crest

कम्पनीले कूल बीमा शुल्क आर्जन बृद्धि भएको छ । चालु आवको पहिलो त्रैमासमा ३६ करोड ११ लाख रुपैयाँ कूल बीमा शुल्क आर्जन गरेको छ । जबकि अघिल्लो वर्ष ३१ करोड ७४ लाख रुपैयाँ मात्रै कूल बीमा शुल्क आर्जन गरेको थियो ।
कम्पनीको खुद दावी भुक्तानी उल्लेख्य मात्रामा घट्दा मुनाफा बृद्धि भएको हो । कम्पनीले अघिल्लो वर्ष ११ करोड रुपैयाँ खुद दावी भुक्तानी गरेको कम्पनीले यस वर्ष सात करोड रुपौयाँ मात्रै दावी भुक्तानी गरेको छ ।

त्यस्तै, कम्पनीको मुनाफा तीन करोड ७४ लाखबाट चार करोड २९ लाख रुपैयाँ पुगेको छ । समीक्षा अवधीमा कम्पनीले बीमा कोषको आकार ६६ करोड पुर्याएको छ । अघिल्लो आवमा ५८ करोड ८५ लाख रुपैयाँ संचिती गरेको बीमा कोषमा यस आवको पहिलो त्रैमाससम्ममा ६६ करोड ५९ लाख रुपैयाँ संचिती गरेको छ ।

कम्पनीको दावी भुक्तानी गर्न बाँकी रकम ७७ करोड चार लाख रुपैयाँ बाँकी छ । कम्पनीको बक्यौता दावी भुक्तानी अघिल्लो वर्षको तुलनामा २० करोड रुपैयाँ बृद्धि भएको छ । अघिल्लो आवमा कम्पनीको दावी भुक्तानी बक्यौता ५७ करोड रुपैयाँ थियो । त्यस्तै, समीक्षा अवधीमा कम्पनीले ४० हजार ७९६ वटा बीमा पोलिसी जारी गरेको छ । कम्पनीको प्रतिशेयर आम्दानी १५.०३ रुपैयाँ, प्रतिशेयर नेटवर्थ १८६.५९ रुपैयाँ, पिई अनुपात ३४.२१ र प्रतिशेयर कूल सम्पत्तिको मूल्य २७३.०५ रुपैयाँ रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS