IME Life
Beema Board

सिटिजन लाइफ इन्स्योरेन्समा अन्तराष्ट्रिय प्रशिक्षकद्वारा “क्यारियर विकास” तालिम सम्पन्न

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं ।  सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना कर्मचारी लगायत अभिकर्ताहरुको लागी जूम एप मार्फत “क्यारियर विकास र एम्.डी.आर.टी (Million Dollar Round Table) तालिम सम्पन्न गरेको छ ।

सिटिजन लिडरहरुको क्षमता अभिवृद्धि गर्ने, उत्प्रेरणा जगाउने तथा ग्राहकहरु माझ सेवालाई स्तरीय बनाउने उद्देश्यले सो कार्यक्रमको आयोजना गरिएको थियो । उक्त कार्यक्रममा ४ सय भन्दा बढी सक्रिय सिटिजन लिडरहरुको उपस्थिति थियो ।

Prabhu
Crest

कार्यक्रमको शुरुवातमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेलले यस तालिमको आवश्यकता, एजेन्सी क्यारियर तथा सोका फाइदा आदिका बारेमा प्रकाश पारे ।

उक्त कार्यक्रमका मुख्य तथा अन्तराष्ट्रिय प्रशिक्षक बिजय कुमार झाले अभिकर्ताहरुहरूले सामना गरिरहेका चुनौतीहरू, तीनका समाधान, नयाँ अन्तरदृष्टि र कोभिड महामारीको स्थितिमा व्यवसाय गर्ने तरिकाहरूका साथै “एम्.डी.आर.टी” लक्ष्य सजिलै हासिल गर्ने तरिका, योजनाको नेतृत्व, लिडर र म्यानेजरमा हुन पर्ने गुणहरुका बारे प्रकाश पारे ।

व्यक्तिगत तथा व्यवसायिक रुपमा लाभमय क्रियाकलापको कारण लिडरहरुको अत्यन्तै राम्रो संलग्नता रहेको थियो । तीन घण्टाको कार्यक्रम अत्याधिक ज्ञानवद्र्धक, मनोरञ्जनात्मक तथा प्रभावकारी रहेको थियो ।

समापनको अवसरमा सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख बजार व्यवस्थापन अधिकृत भुषण रिमालले यो पेशालाई सम्मानित बनाउने र पुरस्कृत गर्ने कार्यमा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी सदैव अग्रसर रहने बताउदै “एम्.डी.आर.टी” जस्ता कार्यक्रमले व्यवसायिक क्षमता वृद्धिमा थप सहयोग पुराउने बताए ।

उहाँले आगामी दिनहरुमा पनि थप उर्जाका साथ काम गरी व्यवसायिक लक्ष्य हासिल गर्न कम्पनीले नियमित रुपमा यस प्रकारको तालिम गर्दै जाने समेत बताए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS